शहरबाट गाउँ फर्केर ब्यावसायिक गाईपालन

Published on

काठमाडौं । गाउँबाट शहर पसेपछि धेरै मानिसहरू पुनः गाउँ फर्कन चाहँदैनन् । शहरबाट गाउँ फर्कनुलाई हाम्रो समाजले त्यति राम्रो मान्दैन । तर मोरङको रतुवामाई –५ परेवाखोपीका लीलानाथ श्रेष्ठ शहरबाट गाउँ फर्केर कृषि तथा पशुपालन ब्यावसायबाट लाखौं कमाइ गरिरहनु भएको छ । श्रेष्ठले २०७० देखि २०७५ सम्म पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारी –७ स्कुलडाँडामा होटल सञ्चालन गर्नुभयो । नजिकै अस्पताल, मिडिया हाउस, सरकारी र निजी विद्यालय भएकाले उहाँलाई ग्राहकको समस्या थिएन । होटल गज्जव चलेको थियो । पत्नी र साना बच्चा भए पनि छोराछारीको साथ सहयोग थियो उहाँलाई छ । पाँच वर्ष भाडामा बसेर होटल गर्दा लीलानाथको कमाइ नभएको होइन । तर कमाई खातामा मात्र भयो । हातमा नगद हुनै छोड्यो । आफूले साहुलाई तिर्नैपर्ने तर ग्राहकबाट आफूले प्राप्त गर्न समस्या । लगातार बाँकी बढेपछि श्रेष्ठ होटल बिक्री गरेर गाउँ फर्किनुभयो । २०७५ सालको मङ्सिरमा पाँचवटा गाई पालेर श्रेष्ठले ब्यावसाय सुरु गर्नुभयो । शहरको ओभानो ठाउँमा बसेर आएको शरीरलाई ग्रामीण परिवेसमा बदल्न उहाँलाई केही समय लाग्यो ।

मनमा ईच्छा र पाखुरामा बल भएपछि श्रेष्ठलाई कृषि तथा पशुपालनमा फर्किन कुनै टाउको दुखाइ भएन । ६ वर्षभयो उहाँले ब्यावसाय सुरु गरेको । अहिले नगरकै नमूना गाई फर्म सञ्चालन गरेर मान र दाम बटुलिरहनु भएको छ । श्रेष्ठको खेमु गाई फर्ममा यतिबेला १८ गाई छन् । जसमध्ये १४ वटा लैना छन् । दैनिक एकसय ५० लिटर दुध बिक्री भइरहेको श्रेष्ठले बताउनुभयो । सहरबाट गाउँ आएर गाईपालन सुरु गर्दा छिमेकी र आफन्तले नेवार माइलो सकिने भयो भनेर खिसीटिउरी गरेको उहाँले स्मरण सुनाउनुभयो । हाल दैनिक एकसय ५० लिटर दुध सहकारीमा बिक्री भइरहेको उहाँले बताउनुभयो । सामान्यतया प्रतिलिटर ६० रुपियाँमा दुध बिक्री हुने गरेको उहाँको भनाइ छ । श्रेष्ठले भन्नुभयो, “मासिक सरदर दुई लाख हजार रुपियाँ आम्दानी हुन्छ । खर्च कटाउँदा ८० हजार रुपियाँ बचत भइरहेको छ ।”

लीलाले हालसम्मको सबै आम्दानी गाईपालन फर्म विस्तारमा खर्च गरिरहनुभएको छ । चार लाख रुपियाँमा सुरु गरेको फर्ममा हालसम्म ६० लाख लगानी भइसकेको उहाँको भनाइ छ । बैंकले सहुलियत दरमा कर्जा दिएपछि उहाँले व्यवसाय सुरु गरेको बताउनुभयो । सरकारले एक पटक घाँस खेतीका लागि ४० हजार र अर्को पटक गाई पालनका लागि दुई लाख ४० हजार अनुदान दिएको उहाँले स्मरण गर्नुभयो । श्रेष्ठले तीन बिघा खेतमा लगाएको परालले नपुगेर थप डेढ बिघा जग्गा ठेक्कामा लिएर घाँस लगाउनुभएको छ । उन्नत जातका ५० माउ गाई पुगाउने लक्ष्य राख्नुभएका श्रेष्ठले पशुको औषधी र प्राविधिकहरू गाउँ–गाउँमा उपलब्ध हुनुपर्ने बताउनुभयो । ठूला गाई फर्मलाई दक्ष पशु प्राविधिक आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारले दाना र चोकरको मूल्य वृद्धिसँगै दुधको मूल्य पनि बढाउनुपर्छ । अन्यथा किसानहरू पेशाबाट विमुख हुनेछन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...