शहरबाट गाउँ फर्केर ब्यावसायिक गाईपालन

Published on

काठमाडौं । गाउँबाट शहर पसेपछि धेरै मानिसहरू पुनः गाउँ फर्कन चाहँदैनन् । शहरबाट गाउँ फर्कनुलाई हाम्रो समाजले त्यति राम्रो मान्दैन । तर मोरङको रतुवामाई –५ परेवाखोपीका लीलानाथ श्रेष्ठ शहरबाट गाउँ फर्केर कृषि तथा पशुपालन ब्यावसायबाट लाखौं कमाइ गरिरहनु भएको छ । श्रेष्ठले २०७० देखि २०७५ सम्म पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारी –७ स्कुलडाँडामा होटल सञ्चालन गर्नुभयो । नजिकै अस्पताल, मिडिया हाउस, सरकारी र निजी विद्यालय भएकाले उहाँलाई ग्राहकको समस्या थिएन । होटल गज्जव चलेको थियो । पत्नी र साना बच्चा भए पनि छोराछारीको साथ सहयोग थियो उहाँलाई छ । पाँच वर्ष भाडामा बसेर होटल गर्दा लीलानाथको कमाइ नभएको होइन । तर कमाई खातामा मात्र भयो । हातमा नगद हुनै छोड्यो । आफूले साहुलाई तिर्नैपर्ने तर ग्राहकबाट आफूले प्राप्त गर्न समस्या । लगातार बाँकी बढेपछि श्रेष्ठ होटल बिक्री गरेर गाउँ फर्किनुभयो । २०७५ सालको मङ्सिरमा पाँचवटा गाई पालेर श्रेष्ठले ब्यावसाय सुरु गर्नुभयो । शहरको ओभानो ठाउँमा बसेर आएको शरीरलाई ग्रामीण परिवेसमा बदल्न उहाँलाई केही समय लाग्यो ।

मनमा ईच्छा र पाखुरामा बल भएपछि श्रेष्ठलाई कृषि तथा पशुपालनमा फर्किन कुनै टाउको दुखाइ भएन । ६ वर्षभयो उहाँले ब्यावसाय सुरु गरेको । अहिले नगरकै नमूना गाई फर्म सञ्चालन गरेर मान र दाम बटुलिरहनु भएको छ । श्रेष्ठको खेमु गाई फर्ममा यतिबेला १८ गाई छन् । जसमध्ये १४ वटा लैना छन् । दैनिक एकसय ५० लिटर दुध बिक्री भइरहेको श्रेष्ठले बताउनुभयो । सहरबाट गाउँ आएर गाईपालन सुरु गर्दा छिमेकी र आफन्तले नेवार माइलो सकिने भयो भनेर खिसीटिउरी गरेको उहाँले स्मरण सुनाउनुभयो । हाल दैनिक एकसय ५० लिटर दुध सहकारीमा बिक्री भइरहेको उहाँले बताउनुभयो । सामान्यतया प्रतिलिटर ६० रुपियाँमा दुध बिक्री हुने गरेको उहाँको भनाइ छ । श्रेष्ठले भन्नुभयो, “मासिक सरदर दुई लाख हजार रुपियाँ आम्दानी हुन्छ । खर्च कटाउँदा ८० हजार रुपियाँ बचत भइरहेको छ ।”

लीलाले हालसम्मको सबै आम्दानी गाईपालन फर्म विस्तारमा खर्च गरिरहनुभएको छ । चार लाख रुपियाँमा सुरु गरेको फर्ममा हालसम्म ६० लाख लगानी भइसकेको उहाँको भनाइ छ । बैंकले सहुलियत दरमा कर्जा दिएपछि उहाँले व्यवसाय सुरु गरेको बताउनुभयो । सरकारले एक पटक घाँस खेतीका लागि ४० हजार र अर्को पटक गाई पालनका लागि दुई लाख ४० हजार अनुदान दिएको उहाँले स्मरण गर्नुभयो । श्रेष्ठले तीन बिघा खेतमा लगाएको परालले नपुगेर थप डेढ बिघा जग्गा ठेक्कामा लिएर घाँस लगाउनुभएको छ । उन्नत जातका ५० माउ गाई पुगाउने लक्ष्य राख्नुभएका श्रेष्ठले पशुको औषधी र प्राविधिकहरू गाउँ–गाउँमा उपलब्ध हुनुपर्ने बताउनुभयो । ठूला गाई फर्मलाई दक्ष पशु प्राविधिक आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारले दाना र चोकरको मूल्य वृद्धिसँगै दुधको मूल्य पनि बढाउनुपर्छ । अन्यथा किसानहरू पेशाबाट विमुख हुनेछन् । गोरखापत्र

ताजा समाचार

खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी: प्रथम राष्ट्रपति यादव

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश...

यु–१९ महिला विश्वकप : नेपालको दोस्रो हार

काठमाडौँ । नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ...

गुरुङ र मगर भाषामा सरकारी कामकाज

काठमाडौँ । गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा...

गाजाका विस्थापित प्यालेस्टिनी घर फर्कने तयारीमा

काठमाडौँ । हमास र इजरायलबिच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आइतबारबाट लागू...