मोहरर्रम पर्व शान्तिपूर्ण ढङ्गले मनाउन जिल्ला प्रशासनको आग्रह

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गरेर मुस्लिम समुदायको पर्व मोहरर्रममा कुनैपनि प्रकारको उच्श्रृङ्खल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सदभाव बिथोल्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीद्वरा हस्ताक्षर गरिएको सो सूचनामा मोहरर्रम पर्वको बेला कसैले पनि उच्श्रृङ्खल व्यवहार गरेको, बिना काम राती हिँडेको, रड लगायतका घातक घरेलु हतियार लिएको र मोटरसाइकल तिव्र गतिमा चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ूमुस्लिम समुदायको महान पर्व मोहर्रम सुरुवात भइसकेको सन्दर्भमा धार्मिक र्याली तया कार्यक्रमहरू सञ्चालन भइरहेको र यसलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न जिल्लास्थित सुरक्षा संयन्त्र र सद्भाव समिति अहोरात्र खटिइरहेका छन् । पर्वको सम्वेदनशील क्षणमा राति अबेर बिना काम हिँड्ने मोटरसाइकल लगायतका सवारी साधन तीव्र गतिमा चलाउने, हातमा रड लगायतका घातक घरेलु हतियार प्रदर्शन गर्ने तथा बोकेर हिड्ने कार्य नगर्न अनुरोध गर्दछौं । सामाजिक सञ्जालमा विद्वेष फैलाउने खालका सामग्रीहरु सम्प्रेषण गर्ने जस्ता उच्श्रृङ्खल व्यवहार नगर्न(नगराउन सोही सूचनामा आग्रह गर्दै कसैले गरेको देखेमा प्रहरीलाई जानकारी दिन समेत अनुरोध गरिएको छ । सूचनाको बर्खिलाप कुनै किसिमका गतिविधि गरे÷गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारवाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ, जिल्ला प्रशासन कार्यालयको सुचनामा उल्लेख गरिएको छ ।

दस दिनसम्म मनाइने मोहर्रम पर्व अहिले बाँकेमा धुमधामका साथ मनाईंदै छ । सो पर्वको अवसरमा हरेक दिन राती जुलुसहरु निस्कने गरेका छन् । बुधवार अपरान्ह अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपुर्वक सम्पन्न गराउनका लागि नेपालगन्जमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको र सदभाव समितिले पनि दिनरात काम गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । उहाँले मोहर्रम शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...