नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिनुहुँदै

Published on

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन भएको हो । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिनुभएको थियो ।

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...