हाइकिङसँग जोडिदै गर्लाङ सामुदायिक होमस्टे

Published on

काठमाडौं । पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ । प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गरिरहेको क्लबले यस शृङ्खलालाई गर्लाङमा पुु(याएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो । “हाइकर्स क्बल नेपालले पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको छ”, उहाँले भन्नुुभयो, “पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आवद्ध व्यक्तिलाई हामीले हाइकिङका माध्यमबाट पर्यटकीय गन्तव्यमा पुु(याउने गरेका छौंँ ।”

विभिन्न उमेर समूहका व्यक्ति एकसाथ हाइकिङमा सहभागी हुने गरेको बताउँदै उहाँले हरेक गन्तव्यमा पर्यटकीय प्रवर्द्धन भइरहेको बताउनुुभयो । प्रकृति र संस्कृतिले सम्पन्न गर्लाङ गाउँमाथिबाट देखिने दृश्यले जो कोही लोभिने बताउँदै उहाँले हरिपाउबाट पोखरा बजार नेपालको झण्डा आकारमा देख्न सकिने जानकारी दिनुुभयो । गर्लाङमा कोरोना महामारी पूर्व घरबास सञ्चालनमा आएको थियो । लगत्तै भएको बन्दाबन्दी (लकडाउन) पछि घरबासले अपेक्षित गति लिन सकेको थिएन । पछिल्लो समय विस्तारै आकर्षण बढ्न थालेको गर्लाङ सामुदायिक होमस्टेका सदस्य चन्द्रा गुरुङले बताउनुुभयो । उहाँका अनुसार यहाँका पाँचवटा घरमा घरबास सञ्चालनमा छन् । हरेक दिन २० देखि २५ जनासम्म पाहुनालाई घरबासमा राख्न सकिने उहाँको भनाइ छ । गर्लाङ आउने पर्यटकले स्थानीय स्वादका खानासँगै प्रकृति र संस्कृतिमा रमाउन पाउने गुरुङले बताउनुभयो । यहाँबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न गाउँमाथि रहेको झुुप्राङकोट उपयुक्त गन्तव्य मानिन्छ ।

जोगिमणिबाट करिब एक घण्टा पैदलबाट देवीथान, जैमुरे, भूतेदेवी थान, विमरे हुँदै गर्लाङ पुुग्न सकिन्छ । त्यस्तै ढिँकीडाँडाबाट थुम सम्म सवारीमा पुगेर थोरै पैदल हिँडेर पनि गर्लाङ पुुग्न सकिन्छ । पोखरा महानगरपालिका–१६ का पर्यटकीय गन्तव्यमध्ये गर्लाङ एक भएको वडा सदस्य रामचन्द्र आचार्य बताउनुुहुन्छ । “हाइकर्स क्लबले आयोजना गरेको हाइकिङले यहाँको पर्यटन प्रवर्द्धन हुने हाम्रो विश्वास छ”, उहाँले भन्नुुभयो, “यस किसिमका प्रवर्द्धनात्मक गतिविधिले पछि परेका गन्तव्यको प्रवर्द्धन र विकास हुन्छ ।” स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ गरिँदै आएको क्लबका उपाध्यक्ष ज्योति हमालले बताउनुभयो । पोखराबाट नजिक रहेर प्रचारप्रसार नभएको होमस्टेको प्रचार गर्न गर्लाङ सामुदायिक होमस्टे छनोट गरिएको उहाँले जानकारी दिनुुभयो ।

क्लबका कोषाध्यक्ष टीका आचार्यले हाइकर्स क्बल नेपालले सदस्यता वृद्धि अभियान थालेको बताउनुुभयो । उहाँका अनुसार क्लबको साधारण सदस्यका लागि पाँच सय र आजीवन सदस्यको लागि तीन हजार लिने गरिएको छ । हाइकिङमा सहभागी हुन क्लबको सदस्य नहुनेले पनि पाउने उहाँले बताउनुभयो । सदस्यता नलिएका सहभागीका हकमा अतिरिक्त ५० रुपैया थप बुझाउनु् पर्ने निर्णय क्लबले गरेको छ । पोखरा र आसपासमा विगत छ वर्षदेखि नियमित सञ्चालित हाइकिङमा हालसम्म १० देखि ७६ वर्ष उमेर समूहका नेपाली तथा विदेशी नागरिकसमेत गरी हजारौँ सहभागी भइसकेका छन् । क्लबका सचिव मधु अधिकारीले हाइकिङका माध्यमबाट हरेक शृङ्खलामा नयाँ गन्तव्यको प्रवर्द्धन गरिँदै आएको बताउनुुभयो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...