राष्ट्रिय वाणिज्य बैंकद्वारा शाखा विस्तार

Published on

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी देवेशप्रसाद लोहनीले सुनसरीको हरिनगरा नगरपालिका–२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौँको काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाटमा आइतबारदेखि शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको जानकारी दिनुभयो । त्यस्तै, काठमाडौँको काठमाडौँ महानगरपालिका–४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्कीको पोखरा महानगरपालिका– १, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम र बर्दियाको बढैयाताल गाउँपालिका– ६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको उहाँको भनाइ छ । यससँगै बैंकको शाखा कार्यालयको सङ्ख्या २९४ पुगेको छ ।

साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका– १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टरसमेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर छन् ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...