चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण : बङ्गलादेशका प्रधानमन्त्री हसिना

Published on

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो हालैको चीन भ्रमणलाई ‘बङ्लादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण हिस्सा’ भएको आइतबार आफ्नो सरकारी निवासमा गरिएको पत्रकार सम्मेलनमा बताउनुभएको छ । चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा हसिनाले जुलाई ८ देखि १० जुलाईसम्म चीनको राजकीय भ्रमण गर्नुभएको थियो । उहाँको भ्रमणको क्रममा चीन र बङ्गलादेशले आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक सहकारी साझेदारीमा उठाउन सहमति जनाएका थिए । नीति आदानप्रदान, अर्थव्यवस्था, व्यापार र लगानी, डिजिटल अर्थव्यवस्था, निरीक्षण, स्वास्थ्य सेवा, शिक्षा र मिडियासम्बन्धी थुप्रै द्विपक्षीय सहयोगका दस्तावेजमा हस्ताक्षर भएको छ ।

एशियाली देशका रूपमा मात्र नभई बङ्गलादेश र चीनको आर्थिक एवम् परम्परागत विषयमा पनि लामो समयदेखि सुमधुर सम्बन्ध भएको हसिनाले उल्लेख गर्नुभयो । अनुसन्धान, शिक्षा, सूचना र सञ्चार , प्रविधि, संस्कृति आदिका क्षेत्रमा सहयोग हुने आशा व्यक्त गर्नुभयो । राष्ट्रपिता बङ्बन्धु शेख मुजीबुर रहमान र आधुनिक स्मार्ट बङ्गलादेशले सपना देखेको सोनार बङ्गलाको निर्माणमा बङ्गलादेश र चीनको द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने पनि उहाँले बताउनुभयो । यसै क्रममा आफ्नो भ्रमण बङ्गलादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण भागका रूपमा चिह्नित हुने दाबी उहाँले गर्नुभयो । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...