परराष्ट्रमन्त्री डा. देउवाद्वारा पदभार ग्रहण

Published on

काठमाडौं । पराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उहाँले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो।

नेपाली कांग्रेसकी नेत्री डा। देउवा लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व तहमा रहेर काम गर्दै आउनुभएको छ। उहाँ संविधान सभा सदस्य, नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसक्नुभएको छ। उहाँसँग सामाजिक क्षेत्रमा रहेर महिला, बालिबालिकाको हकहितका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको अनुभव छ। प्रतिनिधि सभा सदस्य डा। राणाको जन्म वि।सं। २०१८ माघ १३ गते भएको हो। उहाँ एक वर्षदेखि कृषि, सहकारी र प्राकृतिक स्रोतसम्बन्धी संसदीय समितिको अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ। सन् १९९६ मा कांग्रेसमा प्रवेश गर्नुभएका डा। राणा २०२१ डिसेम्बरदेखि पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ।

उहाँ २०१० देखि नेपाली कांग्रेसको पार्टी महाधिवेशन र केन्द्रीय समिति सदस्य हुनुहुन्छ। उहाँले सन् २०१० देखि २०२० सम्म दश वर्ष नेपालको संविधानसभा र संसद्को सदस्यको रुपमा कार्य गर्नुभयो। यसैगरी, उहाँ संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष हुनुभयो। उहाँले संविधान लेखन कार्यमा सबै तहमा महिलाको हक, विशेषगरी प्रजनन अधिकार, समान नागरिकता, समान सम्पत्तिको हक, महिलामाथि हुने हिंसा र समतामूलक तथा समान राजनीतिक प्रतिनिधित्वको विषयमा आवाज उठाउनुभयो। उहाँ लैङ्गिक अभियन्ता र सामाजिक कार्यकर्ता हुनुहुन्छ। डा। राणाले नेपालमा आरयुडब्लूयुसी, साथी, एसएमएनएफ लगायत महिला तथा बालबालिकासँग सम्बन्धित गैरसरकारी संस्था स्थापना गर्नुभएको छ।

उहाँ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुनुहुन्छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...