मुख्यमन्त्रीले विश्वासको मत लिने

Published on

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउनको पहिलो साता बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । विश्वासको मत दिने प्रयोजनका लागि सोमबार नै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको छ । यसअघि सत्ता साझेदार दलसँग सोमबार यहाँ भएको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुग्नुभएको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री, मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट सोमबार प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार साउन ६ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ । सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश संसदीय दलले असार २४ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको हो । एमालेका पाँच जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए । १३ वटा मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्रीसहित चार मन्त्री, नेकपा (एकीकृत समाजवादी) का तीन र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेललाई नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको मात्र साथ रहेको छ । सरकारमा रहेका दलहरू माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् । प्रदेश सभाबाट गत चैतमा मुख्यमन्त्रीले ५६ जना प्रदेश सभा सदस्यको समर्थन प्राप्त गर्नुभएको थियो ।

चौथो पटक विश्वासको मत लिँदै

जम्कट्टेलले प्रदेश सभाका दुवै ठुला दल कांग्रेस र एमालेको पालैपालो समर्थन लिँदै मुख्यमन्त्रीमा निरन्तरता दिँदै आउनुभएको थियो । पछिल्लो पटक सङ्घमा दुई ठुला दल मिलेसँगै मुख्यमन्त्री जम्कट्टेलको सरकारसमेत अल्पमतमा परेको छ । योसहित मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट चौथो पटक विश्वासको मत लिनु हुनुभएको हो । २०७९ पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले यसअघि २०७९ माघ ३ गते, २०७९ चैत १० गते र गत चैत १९ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...