मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु

Published on

काठमाडौं । मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानीसम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ ।

कुस्ती, धनुर्विद्या र घोडा दौड जस्ता परम्परागत खेलहरूका लागि प्रसिद्ध नादम जुलाई ११ देखि जुलाई १५ सम्म वार्षिक रूपमा मनाउने आधिकारिक बिदा हो । पीडितमध्ये बाइस जना वयस्कका साथै भने दुई जना बालबालिका रहेको एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ । आइतबार पश्चिमी प्रान्त बयान–उल्गीको उलानखुस सुमको ग्रिन लेकमा पाँच जनाको डुबेर मृत्यु भएको छ । तीमध्ये एकजना पौडी खेल्ने क्रममा डुबेका थिए भने अरूको उसलाई बचाउने प्रयासमा मृत्यु भएको थियो । मङ्गोलियाभरका प्रमुख नदीहरूमा पानीको स्तर ४० सेन्टिमिटरसम्म चेतावनी स्तर नाघेको एजेन्सीले जनाएको छ । जनतालाई पानीसँग सम्बन्धित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...