सङ्घीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व

Published on

काठमाडौं । हिमाली जिल्ला मुगुले २७ वर्षपछि सङ्घीय सरकारमा प्रतिनिधि पाएको छ । विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रनिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री हुनुभएको थियो । विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री हुनुभएको थियो । उहाँ विसं २०५३ सम्म मन्त्री रहनुभयो तर त्यसयता धेरै सरकार बने पनि मुगु जिल्लाबाट प्रतिनिधित्व हुन सकेको थिएन ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच भएको सत्ता गठबन्धनको नवगठित सरकारमा २३ वर्षपछि मुगुबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उहाँ कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुनुहुन्छ । मन्त्री शाहीको राजनीतिक पृष्ठभूमि
नेपाली कांग्रेस मुगु जिल्ला पार्टी सभापतिसमेत रहनुभएका मन्त्री शाही जिल्लामा मदुभाषी र सालिन नेताका रूपमा चिनिनुहुन्छ । गत निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विसं २०२६ फागुनमा यहाँको सोरु गाउँपालिका–२ जडेपानीमा जन्मिनुभएको थियो । विसं २०४४\४५ देखि नेपाल विद्यार्थी सङ्घबाट सक्रिय राजनीतिमा लाग्नुभएका शाही २०४८–०५१ \ २०५२\५३ मा तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिव हुनुभएको थियो । कांग्रेस जिल्ला सदस्य हुँदै उहाँ विसं २०६८ मा पार्टीको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो । मन्त्री शाही विसं २०७८ मा दोस्रोपटक कांग्रेस जिल्ला सभापति निर्वाचित हुनुभयो ।

विसं २०७० मा संविधानसभा सदस्य उम्मेदवार बन्नुभएका उहाँ झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित हुनुभएको थियो । विसं २०७९ को आमनिर्वाचनमा भने प्रतिस्पर्धी एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पराजित गर्दै शाही चार हजारभन्दा बढीको मतान्तरसहित विजयी हुनुभयो । शाहीले १४ हजार सात सय छ मत प्राप्त गर्दा कार्कीले १० हजार सात सय १० मत प्राप्त गर्नुभएको थियो । शाहीले स्नातक तह उत्तीर्ण गर्नुभएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...