कार्यविधि निर्माणमा ढिलाइ

Published on

काठमाडौं । निर्वाचन आयोगले तीन वटा कार्यविधिको मसौदामाथि सुझाव आह्वान गरेको करिब एक वर्ष बित्न लाग्दा अझै अन्तिम रूप दिन सकेको छैन । विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८०, स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यव्रम सञ्चालन कार्यविधि–२०८० को मसौदा बनाएर आयोगले गत कात्तिकमै सुझाव आह्वान गरेको थियो ।

आयोगका प्रवक्ता रघुराम विष्टले तीन वटै कार्यविधिमाथि प्राप्त सुझाव सङ्कलन सकिए पनि अन्तिम रूप दिन नसकेको जानकारी दिनुभयो । निर्वाचन आयोग ऐन–२०७३ ले ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यकता अनुसार निर्देशिका तथा कार्यविधि बनाई लागु गर्न सक्ने व्यवस्था गरे पनि ऐन र नियमले विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकार सुनिश्चित गर्नेसम्बन्धमा व्यवस्था गरेको छैन । सर्वोच्च अदालतको आदेश र राजनीतिक दलले चुनावी घोषणापत्रमा गरेका वाचालाई टेकेर आयोगले कार्यविधि बनाउन लागेको हो । प्रवक्ता विष्टले भन्नुभयो, “तीन वटै कार्यविधिका लागि आवश्यक कानुन पनि छैन । ऐन आएपछि सहज होस् भनेर आयोगले पूर्वतयारीका रूपमा कार्यविधि बनाउन थालेको हो । आयोगले निर्वाचन व्यवस्थापन विधेयक– २०८० मार्फत तीन वटै विषयलाई सम्बोधन गर्ने प्रयास गरेको हो । २०८० असारमा आयोगले गृह मन्त्रालयमा पठाएको सो विधेयक अझै मन्त्रालयबाट फिर्ता भएको छैन । आयोगले विदेशमा रहेका व्यक्तिको विवरण सङ्कलन गर्ने, स्थानीय तहमार्फत निर्वाचन शिक्षा कार्यव्रम सञ्चालन गर्ने र स्थानीय तहमार्फतै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने गरी निर्वाचन व्यवस्थापन विधेयक तयार गरेको हो ।

प्रवक्ता विष्टले विदेशमा रहेका नेपाली नागरिकको नामावली सङ्कलन कानुनसँगै विदेशस्थित कूटनीतिक नियोगले उपलब्ध गराउने जनशक्ति, अर्थ मन्त्रालयबाट आवश्यक बजेट विनियोजन हुने-नहुनेलगायतका विषयसँग पनि सम्बन्धित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतदेखि खाडी राष्ट्र र अमेरिकासम्मको तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुन्छ । जसका लागि पर्याप्त तयारी हुनु पर्छ । आयोगले स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन कार्यका लागि तयार गरेको कार्यविधिमा स्थानीय तहले नै रुचि देखाएको छैन । आयोगसँगको छलफलमा नगरपालिका र गाउँपालिका सङ्घका पदाधिकारीले जनशक्ति र आर्थिक स्रोत अभाव हुने भन्दै आयोगको प्रस्तावमा सहमति जनाएनन् । मतदाता नामावली अद्यावधिक गर्न स्थानीय तहको भूमिका महìवपूर्ण हुने भएकाले आयोगले सो कार्य स्थानीय तहमार्फत सञ्चालन हुनुपर्ने प्रस्ताव गरेको थियो । आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मसौदा तयार गर्दा सो विषयलाई समेत स्थान दिएको छ ।

आयोगका अनुसार एक महिनाको समय राखेर सर्वसाधारण तथा सरोकारवाला सङ्घ संस्थाबाट सुझाव माग गरिएकोमा सामान्यबाहेक मसौदामा उल्लेख गर्नुपर्ने गरी सुझाव प्राप्त भएन । तीन वटै कार्यविधिसम्बन्धमा आयोगले राजनीतिक दलसँग छलफल गरिसकेको छ । गत माघ २६ गते राजनीतिक दलसँग छलफल हुँदा दलहरूको फरक फरक धारणा आए । कतिपय दलले कार्यविधि बनाएर विदेशमा रहेका नेपाली नागरिकको नामावली सङ्कलन गर्न सुझाव दिए, कतिपय दलले ऐन आएपछि मात्रै सो प्रव्रिmया अगाडि बढाउन आग्रह गरे । त्यसयता तीन वटै कार्यविधिलाई के गर्ने विषयमा आयोग अनिर्णीत छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...