सात वर्षमा पनि बनेन बुटवलको सडक

Published on

काठमाडौं । बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण नभएपछि ठेक्का सम्झौता रद्द गरी नयाँ टेन्डर गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण व्यवसायीले समयमा काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का गरिएको बताउनुभयो । उहाँले छ महिनाभित्र सक्ने गरी ५८ करोड रुपियाँमा यो सडकको पुनः टेन्डर गरिएको बताउनुभयो । बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो ।

२०६९ सालमा चार लेनमा निर्माण भएको यो सडकखण्ड पछि छ लेनमा विस्तार गर्ने योजना अघि बढेको थियो । सडकको काममा हालसम्म करिब ३५ करोड रुपियाँ खर्च भइसकेको छ तर आधा पनि काम भएको छैन । यो सडकमा अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट पिच गर्ने योजना रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौँले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपियाँमा ठेक्का पाएको थियो । विसं २०७६ सम्ममा सडक विस्तार सक्ने गरी विसं २०७३ साल चैत १३ मा ठेक्का सम्झौता भएको थियो । पटक पटक म्याद थप्दासमेत सात वर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको हो । उक्त सडकखण्ड अब डिजाइन परिवर्तन गरी निर्माण गरिने भएको छ ।

बुटवल–बेलहिया व्यापारिक मार्ग भनिए पनि व्यवसायीमैत्री सडक बन्न नसकेको गुनासो आइरहेका बेला उपमहानगरपालिकाले सडकको पुनः डिजाइन गरी बनाउन कार्यदलसमेत गठन गरेको छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख बिसुनदास लामाले २०७३ सालदेखि सुरु भएको बुटवल–बेलहिया व्यापारिक मार्गको काम पटक पटक म्याद थप्दासमेत ठेकेदार कम्पनीले सम्पन्न नगरेपछि ठेक्का तोडेर नयाँ टेन्डर गर्नु परेको बताउनुभयो । अब निर्माण हुने उक्त सडकको लेन ठुलो र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी छ । अब सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ । सूचना अधिकारी लम्सालले करिब ५० करोडको इस्टिमेट गरी सहमतिका लागि अर्थमा पठाइएको र अर्थबाट सहमति आएर नयाँ ठेक्का प्रव्रिmया अघि बढेको लम्सालको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...