ढुंगा लागेर महिलाको मृत्यु

Published on

काठमाडौं । बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु भएको छ । मंगलबार मंगलसेन नगरपालिका ३ लाक्षीमना निवासी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो ।

सोही वडाको गाध्य भन्ने भीरमा बाख्रा चराएर फर्कने क्रममा माथिबाट झरेको ढुंगा टाउकोमा लागेर घटनास्थलमै उहाँको मृत्यु भएको अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन लगिएको छ । घटनास्थल मंगलसेन–सुवाखाँद–वस्ती सडक खण्ड नजिक रहेको छ । गोरखापत्र

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...