सिमलतालमा अध्ययन टोलीको स्थलगत निरीक्षण

Published on

काठमाडौं । सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरुले स्थलगत निरीक्षण गर्नु भएको छ । आज बिहान चितवन आएको टोली बिहान घटनास्थल पुगेर अध्ययन गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । घटनास्थलको स्थलगत निरीक्षण गरेपश्चात सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

अहिले घटनास्थलमा अध्ययन गरिराखेको यातायातका प्रतिनिधि भिम ज्वाला राईले जानकारी दिनुभयो । बिहान घटनास्थल पुगेको टोलीले त्यहाको बस्तुस्थिति प्रत्यक्षदर्शी र भुगोललगायतको बारेमा अध्ययन गर्ने छ । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको सभा हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको टोलीका सदस्यहरुको भनाइ छ । कार्यदलले घटना हुनुको कारण र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसम्बन्धमा सुझाव दिने तथा बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा अध्ययन गर्ने जनाइएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको छ । उक्त कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । सोही कार्यादेश बमोजिम अध्ययनका लागि कार्यदलका सदस्यहरु चितवन आउन लागेका हुन् । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको लेदोसहितको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...