गैंडाको आक्रमणबाट एक जना घाइते

Published on

काठमाडौं । गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितवन माडी नगरपालिका वडा नम्बर ८ शिवद्वार स्थित मगर होम स्टेमा काम गर्ने क्रममा साईला भन्ने ४० वर्षीय मिलन लामालाई गैंडाले आक्रमण गरेको हो ।

स्थानिय रामचन्द्र ढकालको खेतमा काम गर्ने क्रममा बुधबार बिहान ३ः३० बजे गैंडाले आक्रमण गरेको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले घाइते लामाको माडी अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । गैंडाको आक्रमणबाट लामाको छातिको बायाँ पट्टि गहिरो चोट छ । सिन्धुली घर भइ भएका लामा माडी नपा ८ शिवद्वारस्थित मगर होमिस्टेमा काम गर्दै आउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...