म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

Published on

काठमाडौं । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०\८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो । कार्यालयका प्रमुख झलकमोहन ओझाले ३४ योजनामार्फत ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताउनुभयो । “म्याग्दीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ ।”

कार्यालयका सब इञ्जिनीयर अञ्जन खत्रीले गत आर्थिक वर्षमा आठ हजार नौ सय ४४ मिटर पक्की नहर निर्माण र एघार हजार ४७ मिटर पाइपलाइन जडान भएको जानकारी दिनुभयो । ती योजनाबाट नौ हजार सात सय ४९ जना किसान लाभान्वित भएका उहाँले बताउनुभयो । धवलागिरि गाउँपालिका–७ को हिलापोखरी सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले पक्की नहर बनेपछि बारी बनाएर कोदो रोप्न थालिएको खेतलाई यसपालि किसानले धान रोपाइँ गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको रु. १५ लाख बजेटबाट हिलापोखरीमा पाँच सय ६५ पक्की नहरसहितको सिँचाइ आयोजना निर्माण भएको थियो । गत आर्थिक वर्षमा कुल रु. १६ करोड १४ लाख २५ हजार पुँजीगत बजेट भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले ९२ प्रतिशत अथवा रु। १४ करोड ८२ लाख ८३ हजार खर्च गरेको जनाएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय १९ अथवा ६३ प्रतिशतमा खेती भएको छ । कुल ११ हजार तीन सय ५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ । खेती भएकोमध्ये ३० दशमलव ८४ प्रतिशत अथवा छ हजार १३ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । एक हजार छ सय १३ हेक्टरमा बाह्रै महिना र चार हजार तीन सय ३३ हेक्टरमा मौसमी सिँचाइ सुविधा छ । खेती भएकोमध्ये ६९ दशमलव १६ प्रतिशत अथवा १३ हजार चार सय ८५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छैन । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...