तेत्तिस वर्षमा पनि पूरा भएन सडक

Published on

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्गको काम ट्र्याक खुलेको ३३ वर्षसम्म पूरा भएको छैन । भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारदेखि ठुलो ढुङ्गासम्म १० किलोमिटर सडक स्तरोन्नति पूरा नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । पानी पर्दा हिलो र नपर्दा धुलो र ठाउँ ठाउँमा ठुला ठुला खाडल हुँदा बर्सातमा सडकमा आहाल बन्दा स्थानीयले आवतजावतमा समस्या झेल्नु परेको हो । कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषि उपज ढुवानी गर्न कठिन हुने गरेको छ ।

कृषि उपज बिक्री गर्न, पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउने उद्देश्यले २०४९ सालमा रामचन्द्र पौडेल स्थानीय विकासमन्त्री हुँदा ट्र्याक खोलिएको भए पनि स्तरोन्नतिका लागि रकम थोरै विनियोजन हुने र ठेक्का पाएको ठेकेदारले समयमा काम नगर्दा आवतजावतमा समस्या भएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो । वडाध्यक्ष अधिकारीले भन्नुभयो, “सडकको कन्तबिजोग छ, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने हुँदा बर्सौंदेखि सास्ती बेहोर्नु परेको छ । आठ वर्षअघि २०७३ सालमा २३ करोड दुई लाख ८० हजार ६६१ रुपियाँमा सडक स्तरोन्नतिका लागि ठेक्का पारेको शङ्करमाली निर्माण सेवाले आफूले काम नगर्ने, पेटी ठेकेदार लगाउने गरेकाले काम अधुरै रहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । वडाध्यक्ष अधिकारीले भन्नुभयो, “दुई वर्षमै पूरा हुनुपर्ने काम आठ वर्षसम्म पनि पूरा भएन, अझै दुई वर्षका लागि म्याद थप भएको कुरा सुनेको छु ।”

स्थानीय कृष्ण गुरुङ बर्सौंदेखि भानुमार्ग जस्ताको तस्तै सास्ती भोग्नु परेको बताउनुभयो । गुरुङका अनुसार यस मार्गको हालसम्मको भौतिक प्रगति २७ प्रतिशत मात्रै छ । भानुमार्ग २०२३ सालमा डुम्रेबाट चन्द्रावतीका लागि ट्र्याक खुलेको थियो । चन्द्रावतीबाट ठुलो ढुङ्गासम्मका लागि ३३ वर्षअघि सडक खुलेको थियो । चन्द्रावती निवासी कुबेर खनाल यो मार्गको सडक सुधारका लागि पटक पटक स्थानीय तह, प्रदेश तथा सङ्घ सरकारसमक्ष धाएको भए पनि अधुरै रहेको बताउनुभयो । खनालले भन्नुभयो, “भानुमार्गमा ठाडोखोला धेरै भए पनि पुल बन्नुपर्ने ठाउँमा कल्भर्ट बनेकाले ठुलो पानी परेका बेला कल्भर्ट पुर्ने, बगाउने गरेकाले आवतजावतमा समस्या भएको छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...