देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनु भएको छ ।

बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था अहिले राम्रो नभएको पनि बताउनु भयो । देश प्रशंसा गर्न लायक भए पनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताउनु भयो । उहाँले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताउनु भयो । उहाँले देशको भविष्य उज्ज्वल रहेको भए पनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘‘देश समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो चाहिँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यस कारण देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ । देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । प्रशंसा गर्न लायक छ । भविष्य उज्ज्वल छ । त्यसमा कुनै सन्देह छैन तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन । हामीले यस अवस्थालाई बदल्नै पर्ने छ । उहाँले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताउनु भयो । इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...