महुलीमा बाँध पुनर्निर्माणको काम तीव्र

Published on

काठमाडौं । सप्तरीको महुली नदीमा कटान गरिएको बाँध पुनर्निर्माण तथा मर्मत सम्भार कार्य तीव्र गतिमा भइरहेको छ । वर्षा रोकिएपछि बाँध पुनर्निर्माण र मर्मतसम्भार कार्यलाई तीव्रता दिएको हो । जलस्रोत विकास तथा सिँचाइ डिभिजन कार्यालय राजविराजले महुली नदीले कटान गरिएको बाँधलाई मर्मत गरिरहेको सो कार्यालयले जनाएको छ । नदीको बाढीले जिल्लाको कञ्चनपुर–राजविराज सडक खण्डको तिरहुत गाउँपालिकास्थित कल्भर्ड कटान गरेर चन्द्र नहरमा पनि कटान गर्दा हुलाकी सडक अवरुद्ध भइरहेको थियो । चन्द्र नहरको मर्मत सम्भार जापान सरकारको जाइकाले गर्दै आइरहेको छ ।

मधेश प्रदेश सरकार अन्तर्गतको जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालयले गरिरहेको बाँधको पुनर्निर्माण, मर्मत सम्भार र संरक्षण कार्यको बिहीबार स्थलगत अनुगमन निरीक्षण गरिएको छ । मधेश प्रदेश सरकारका बिना विभागीयमन्त्री सकिल अलि, जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राति, प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला, बरख गणका सेनानी उत्तमबहादुर भण्डारी, जलश्रोत विकास तथा सिँचाइ डिभिजन कार्यालय राजविराजका प्रमुख डिभिजनल इन्जिनियर रमणकुमार साहलगायत सहभागी टोलीले निरीक्षण तथा अनुगमन गरेको छ । सो अवसरमा मन्त्री अलिले नागरिकलाई अनुभूति हुने गरी काम चाँडै सक्न निर्देशन दिनुभयो ।

असार १३ गतेदेखि दुई दिन परेको अविरल पानीले तिरहुत वार्ड नं १ धनपुरीमा दुई सय मिटर, कञ्चनरुप ११ ठेलियामा दुई सय ५० मिटर महुली नदीको बाँध कटान गरिएको थियो । ठेलियामा बम्बु पाइलिङ्सहित बाँसको चचरी राखेर जियो ब्यागको प्रोटेक्सन दिइ बाँध पुनर्निर्माण कार्य गरिरहेको जलश्रोत विकास तथा सिँचाइ डिभिजन कार्यालय राजविराजका प्रमुख डिभिजनल इन्जिनियर साहले धनपुरीमा जियो ब्याग प्रयोग गरेर बाँध पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो । एकसाताभित्रै दुबै स्थानको बाँध पुनर्निर्माणको कार्य सकिने गरी काम भइरहेको उहाँले बताउनुभयो । महुली नदीको बाढी खेतमा पस्दा सो क्षेत्रका खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । यता बाढी आउँदा पूर्वपश्चिम राजमार्गस्थित महुली खोलाको पुलमुनि वालुवा थुप्रिएर पानी सडकमाथिबाट बग्ने गर्दा त्यसबेला राजमार्ग अवरुद्ध हुने गरेको छ । स्थानीय तह र सरोकारवाला निकायले पुलमुनि थुप्रिएको वालुवा निकालेर पानीको सहज निकास गर्न सकिएमा अन्य क्षेत्रमा सो नदीको बाढीले पुर्‍य ाउने क्षति कम गर्न सकिन्थ्यो । जिल्लाका हनुमाननगर नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, सप्तकोशी नगरपालिका र सदरमुकाम राजविराज नगरपालिका बाढीको उच्च जोखिम क्षेत्रमा पर्दछन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...