मधेश सरकार स्थिर बनाउन जसपाको आवश्यकता : अध्यक्ष यादव

Published on

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकारलाई स्थिर बनाउन जसपा नेतृत्व सरकारको आवश्यकता रहेको बताउनुभयो । बिहीबार जनकपुरधाम विमानस्थालमा जसपाका अध्यक्ष यादवले विगतमा जसपाले पूर्णता दिएर स्थिर सरकार चलाएका कारण अहिले पनि मधेश प्रदेश सरकारलाई स्थिर राख्न जसपा नेपालको नै अवश्यकता रहेको जिकिर गर्नुभयो । उहाँले केन्द्रीय राजनीतिको अभ्यास गलत भइरहेका कारण प्रदेशमा पनि केन्द्रकै असर परेको बताउनुभयो । केन्द्रकै गलत अभ्यासका कारण प्रदेशमा राजनीतिक अस्थिरता बढेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “केन्द्र सरकार अस्थिर हुनुको अर्थ प्रदेश सरकार अस्थिर हुन हो, त्यसकारण केन्द्रको अस्थिरताको असर तलसम्म परेको हो, त्यसमा पनि मधेशमा अझै बढी परेको छ ।”

देश अहिले अनिश्चितता र अन्योलमा चलेको छ, त्यसमा पनि मधेशमा त्यो प्रवृत्ति अझै बढी छ, त्यसकारण राजनीतिक हैसियत र अन्योल नेपालका लागि नयाँ विषय रहेको बताउनुहुँदै अध्यक्ष यादवले केन्द्रको असर प्रदेशमा पर्नु स्वाभाविक रहेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...