घोराहीमा ३४ करोड बढी राजस्व संकलन

Published on

काठमाडौं । दाङको घोराही उप महानगरपालिकाले आर्थिक बर्ष २०८०\०८१ मा ३४ करोड बढी राजस्व संकलन गरेको छ। उपमहानगरपालिकाले एक वर्षमा ३६ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको लक्ष्यभन्दा कम ३४ करोड ६८ लाख रुपियाँ राजस्व संकलन गरेको हो। उपमहानगरपालिकाले व्यवसाय कर, घरबहाल कर, मालपोत तथा सम्पत्ती करलगायत १९ वडा वडा कार्यालयसहित २० वटा काउन्टरबाट लक्ष्यभन्दा बढी १९ करोड ८३ लाख राजस्व संकलन गर्न सफल भएको छ। त्यसैगरी मालपोतबाट प्राप्त हुने घरजग्गा रजिष्टेशनबाट १६ करोड ५० लाख उठाउने लक्ष्य राखेकोमा १४ करोड ८५ मात्र प्राप्त भएकाले लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको घोराही उपमहानगरपालिका राजश्व शाखा प्रमुख कृष्ण केसीले जानकारी दिनुभएको छ।

शाखा प्रमुख केसीका अनुसार सबैभन्दा बढी नगरको राजश्व काउन्टरबाट आठ करोड ४१ लाख ६४ हजार तीन सय चार रुपियाँ ९१ पैसा, वडा नम्वर १५ बाट तीन करोड ४१ लाख ७८ हजार दुई सय ७८ पैसा र सबैभन्दा कम वडा नम्बर १९ बाट दुई लाख १५ हजार ८७ रुपियाँ ३९ पैसा राजस्व संकलन भएको छ। उपमहानगरपालिकाको आन्तरिक आयवृद्धिका लागि यस आर्थिक वर्षमा करको दायर तथा राजश्वको दरमा परिमार्जन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०७४\०७५ पछि उपमहानगरपालिकाले मालपोत, सम्पत्ती तथा व्यवसाय करमा वृद्धि नगरेको भन्दै उहाँले जिल्लाका अन्य पालिकाको करको दर भन्दा बढी नहुने गरी दररेटमा परिमार्जन गरिएको बताउनुभएको छ।

शाखा प्रमुख केसीका अनुसार घर निर्माण गर्दा नक्सापास अनिवार्य गरिएको भएपनि कतिपयले नक्सापास बिनै घर निर्माण गरिरहेकाले त्यस्ता घर अभिलेखीकरणका लागि छ गुणा बढी राजश्व लिने व्यवस्था गरिएको बताउनुभएको छ। उपमहानगरपालिकालाई आर्थिक रुपमा सशक्त बनाउन आन्तरिक श्रोत प्रमुख रहेकाले सबैलाई करको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभएको थियो। घोराही उपमहानगरपालिकाले मालपोत, सम्पत्ती तथा व्यवसाय कर असोजसम्म बुझाउनेलाई १० प्रतिशत छुटको व्यवस्था गरेको र पुस मसान्तसम्म गत वर्षको मालपोत, व्यवसाय तथा सम्पत्ती करमा जरिवाना छुट गरिएको समेत शाखा प्रमुख केसीले जानकारी दिनुभएको छ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...