पोखराको राजस्व सङ्कलन लक्ष्य नजिक

Published on

काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर राजस्व सङ्कलनमा परेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०८०\०८१ को प्रगति विवरणमा पनि सो प्रभाव देखिएको जनाएको छ । आन्तरिक राजस्व विभागले पोखरा कार्यालयलाई दिएको लक्ष्यमा ८७.१९ प्रतिशत मात्र प्रगति हासिल भएको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा आ व २०८०\०८१ मा राजस्व सङ्कलन भने ७ प्रतिशतले बढी छ । कार्यालयले आर्थिक वर्ष २०७९\०८० को तुलनामा ३४ करोड ९५ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । उक्त वर्ष कार्यालयले पाँच अर्ब २२ करोड ६० लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो । विभागले ६ अर्ब ३९ करोड ४७ लाखको लक्ष्य दिएको थियो । जसमा पाँच अर्ब ५७ करोड ५५ लाख रुपियाँ (८७.१९ प्रतिशत) सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिव नेपालले बताउनुभयो । कार्यालयले गत आवमा आयकरतर्फ तीन अर्ब ६६ करोड ८७ लाख ३३ हजार सङ्कलन गरेको छ । जसमा घरबहाल कर ब्याजकरसमेत समेटिएको छ । तर सहकारीहरुको समस्याले गर्दा यस वर्ष ब्याजदरमा केही कमी आएको कार्यालयले जनाएको छ । सहकारीका कारण साना व्यवसायहरुमा आएको मन्दीले घरबहाल र अन्य आयकरलाई समेत प्रभाव पारेको कार्यालय प्रमुख नेपालले बताउनुभयो । यस क्षेत्रमा सबैभन्दा राम्रो मूल्य अभिवृद्धि कर (भ्याट) हो । जसमा एक अर्ब ७३ करोड ३५ लाख ८० हजार सङ्कलन भएको छ ।

पोखरा पर्यटनको राजधानी भएकाले पर्यटन सङ्ख्या बढ्दै जाँदा व्यवसायमा आएको सुधारले मूल्य अभिवृद्धि करमा अघिल्लो आव तुलनामा आव २०८०\०८१ मा ३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्तःशुल्कतर्फ १६ करोड ६६ लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सरकारले निर्माण व्यवसायलाई समयमै भुक्तानी दिन नसक्दा भ्याट र आयकर लक्ष्यअनुरुप उठ्न नसकेको कार्यालय प्रमुख नेपालले बताउनुभयो । हाल आर्थिक गतिविधि चलायनमान हुन नसक्दा जेजति राजस्व संकलन भयो त्यो सन्तोषजनक मान्नुपर्ने उहाँको भनाइ छ । कास्की जिल्लामा मात्र झण्डै ८६ हजार करदाता भए पनि ३९ प्रतिशतले व्यवसाय नवीकरण गर्न नसकेको कार्यालयका शाखा अधिकृत पूर्णबहादुर बरामले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...