हुम्लामा तीन दिनदखि हवाई सेवा अवरुद्ध

Published on

काठमाडौं । हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । गत मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोविन्द लामाले जानकारी दिनुभयो ।

उहाँले लगतार वर्षा भइरहेको कारण नेपालगञ्जबाट हुने हवाई सेवा अवरुद्ध भएको हो । सिमकोट विमानस्थल नखुलेपछि हवाई सेवा अवरुद्ध भएको र यसबाट सिमकोटबाट नेपालगञ्जका लागि उड्ने यात्रुहरु मर्कामा परेको उहाँले बताउनुभयो । हवाई सेवा अवरुद्ध भएपछि उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जाने विद्यार्थी, बिरामी, कर्मचारीहरु बढी प्रभावित भएका छन् । पैदल मार्गको सडक पनि ठाउँठाउँमा अवरुद्ध भएको कारण पैदल मार्गबाट पनि आउजाउ सम्भव छैन । हाल नेपालगञ्जबाट सिमकोटका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजहरुले उडान भर्ने गरेका छन् । खराब मौसमकै कारण हवाई सेवा अवरुद्ध हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...