हुम्लामा तीन दिनदखि हवाई सेवा अवरुद्ध

Published on

काठमाडौं । हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । गत मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोविन्द लामाले जानकारी दिनुभयो ।

उहाँले लगतार वर्षा भइरहेको कारण नेपालगञ्जबाट हुने हवाई सेवा अवरुद्ध भएको हो । सिमकोट विमानस्थल नखुलेपछि हवाई सेवा अवरुद्ध भएको र यसबाट सिमकोटबाट नेपालगञ्जका लागि उड्ने यात्रुहरु मर्कामा परेको उहाँले बताउनुभयो । हवाई सेवा अवरुद्ध भएपछि उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जाने विद्यार्थी, बिरामी, कर्मचारीहरु बढी प्रभावित भएका छन् । पैदल मार्गको सडक पनि ठाउँठाउँमा अवरुद्ध भएको कारण पैदल मार्गबाट पनि आउजाउ सम्भव छैन । हाल नेपालगञ्जबाट सिमकोटका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजहरुले उडान भर्ने गरेका छन् । खराब मौसमकै कारण हवाई सेवा अवरुद्ध हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...