गुल्मीमा जङ्गली च्याउ खाँदा आठ जना बिरामी

Published on

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँमा जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेका छन् । खानीगाउँस्थित रेसुङ्गा सामुदायिक वनदेखि टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार यहाँका ६५ वर्षीय टोपबहादुर थापाका जेठो ज्वाइँ ओसन काउछाले टिपेर ल्याएको उक्त जङ्गली च्याउ आइतबार राती करिब ९ बजेको समयमा पकाएर खाँदा बोमिट गरी सो सङ्ख्यामा बिरामी परेका हुन् । ६५ वर्षीय टोमबहादुर थापा, ६२ वर्षीया दिलकुमारी श्रीस, ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, १० वर्षीया दिपदिका थापा, १२ वर्षीया बिनिसा थापा, ४२ वर्षीय सिर्जना काउछा र ३९ वर्षीय गीता थापा जङ्गली च्याउ खाएर बिरामी पर्नुभएको उहाँले जानकारी दिनुभयो । उहाँहरु एकै परिवारको हुनुहुन्छ भने गीता थापा पाहुनाका रुपमा आउनुभएको थियो ।

जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार गरेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...