बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते

Published on

काठमाडौं । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद घटना भएको हो ।

घटनाको पुष्टि गर्दै जेहनाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताउनुभएको छ । भागदौड कसरी सुरु भयो भन्ने विषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन । जेहनाबादका प्रहरी प्रमुख दिवाकरकुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताउनुभएको छ । उहाँहरुका अनुसार शवहरु पोस्टमार्टमका लागि पठाइँदैछ । यसैबिच, जेहनाबादका प्रहरी अधिकारी विकास कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै उचित सुरक्षा व्यवस्था हुँदाहुँदै पनि दुःखद घटना हुन पुगेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ । रासस\एउनआई

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...