पुर्ख्यौली पेसा संरक्षणको माग

Published on

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो समुदायले पुर्ख्यौली नै अगाडि बढाउने उद्देश्यले यस्तो माग गरेका हुन् ।

लहान–४ का ५७ वर्षीय जगदीश पण्डित यति बेला विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउनमा व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चौरचन पर्वका लागि माटोका सामग्री ढकना, कलश, मटकुरी र दियोलगायतका सामग्रीबाट यस वर्ष खासै आम्दानी भएन । लहान–४, ५, ६, र ८ मा रहेका २५० घर कुम्हार परिवारले निकै सङ्ख्यमा चौरचन पर्वका लागि माटोका सामग्री बनाएपछि बजार मूल्य पाउन सकेन । मूर्तिबाट कमाइ हुने आसमा विश्कर्माको मूर्ति बनाउन लागिपरेका छौँ । ३० वटा माटोका मूर्ति बनाएर २० हजार रुपियाँसम्म कमाइ हुने आशा गरेका छौँ ।”

जगदीश पण्डित जस्तै लहानका कुम्हार समुदायका पुरानो पुस्ताले पुख्र्यौली पेसा निकै सङ्कटमा परेको दुःखेसो व्यक्त गर्दै भन्नुहुन्छ, “गुजारा गर्न, नयाँ पुस्तालाई समेत आकर्षित गराउन यस पेसालाई संरक्षण गर्न स्थानीय सरकारले तालिम, बजार व्यवस्थापन, माटो पकाउन विद्युतीय भट्टी र बिउ पुँजी उपलब्ध गराइदिन माग गर्दै आइरहेका छौँ तर त्यसको सुनवाइ भइरहेको छैन ।” लहान–४ को वडाध्यक्षमा दुई कार्यकाल कुम्हार समुदायकै रामनाथ पण्डित चुनिए पनि नगरपालिकामा उहाँले उठाएको कुम्हार समुदायको माग सम्बोधन भएका छैनन् । सिराहाका १७ वटै पालिकामध्ये उहाँ मात्र अल्पसङ्ख्यक कुम्हार समुदायबाट वडाध्यक्षमा निर्वाचित हुनुहुन्छ । रामनाथका अनुसार कुम्हार समुदायमा व्यापक गरिबी छ । पुख्र्यौली पेसामा आश्रित रहेर जसोतसो जीवन निर्वाह गरे पनि थप आम्दानी गर्न नसकिरहेकाले नयाँ पुस्ता यो पेसा छाडेर अन्य कामको खोजीमा लाग्न थालेका छन् । उहाँले यस समुदायको पुर्ख्यौली पेसालाई संरक्षण गर्न आफूले नगरपालिका बोर्डमा पटक पटक आवाज उठाए पनि त्यसको सुनुवाइ नभएको दुःखेसो पोख्नुभयो ।

प्लास्टिकजन्य सामग्री बजारमा आउन थालेपछि कुम्हार समुदायको पेसा सङ्कटमा पर्न थालेको नेपाल ९प्रजापति० कुम्हार सङ्घ सिराहाका अध्यक्ष देवशरण पण्डित बताउनुहुन्छ । उहाँका अनुसार सिराहामा सबैभन्दा बढी सङ्ख्या लहान नगरपालिका, भगवानपुर गाउँपालिका र सुखीपुर नगरपालिकामा कुम्हार समुदाय छ । उहाँले कुम्हालको पेसालाई संरक्षण गर्न माटोका पाङ्गो माटोको सहज उपलब्धता, विद्युतीय भट्टी र चारकोलको व्यवस्था, बजार व्यवस्थापन र मूल्य निर्धारण, माटोका सामग्री प्रयोग गर्न प्रोत्साहन जस्ता कार्यक्रम ल्याउन स्थानीय तहले चासो दिनुपर्ने बताउनुभयो ।

तराई मधेशका कुम्हार र उपत्यकामा रहेका प्रजापति कुम्हालको पेसा एउटै भए पनि भक्तपुरका प्रजापति कुम्हालहरूले पेसालाई आधुनिकीकरण गर्दै राम्रो आम्दानी गरिरहेका छन् तर तराई मधेशका कुम्हार समुदायलाई माटो, दाउरा, बजार, लगानी गर्न बिउ पुँजीसम्म नहुँदा पेसा सङ्कटमा पर्न थालेको कुम्हार समुदायका अर्का अगुवा लहानका रामचन्द्र पण्डितको भनाइ छ । प्रायः पुरुषले माटोका सामग्री बनाउने र महिलाले बजारमा गएर बिक्री गर्ने चलन नै छ । कुम्हार समुदायले माटोमा कला भर्ने पुख्र्यौली पेसालाई संरक्षण गर्न अगाडि सारेका माग न्यायसङ्गत रहेकाले स्थानीय तहहरूले बजेट निर्माण गर्दा पेसालाई संरक्षणका लागिसमेत ध्यान दिइनुपर्ने मानव अधिकारवादी नेता राजकुमार राउतले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...