रवि लामिछाने थप पाँच दिन थुनामा

Published on

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरुलाई बिहीबारदेखि लागू हुने गरी पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, र कृष्णबहादुर गुरुङविरुद्ध पनि पाँच दिन म्याद थप भएको हो । प्रहरीले कत्तिक २ गते काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएको थियो । उहाँविरुद्ध यसअघि छ पटक म्याद थप गरी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।


पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका लामिछानेको मानवअधिकार र स्वास्थ्यबारे सार्वजनिक रुपमा चर्चा भएकोतर्फ सङ्केत गर्दै अदालतले मानवअधिकार उल्लङ्घन हुने गतिविधि नगर्न, नगराउनसमेत भनेको छ । अनुसन्धान करिब सकिएकाले चाँडै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउनेछ ।

कास्की अदालते उहाँलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश दिए पनि अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उहाँलाई हिरासतमै राख्नेछ । पाँच वटै ठाउँमा लामिछानेको बयान सकिएकाले पुर्पक्षमा राख्ने वा नराख्ने वा हिरासतमा राख्ने वा नराख्ने भन्ने निर्णय पनि अदालतको आदेशमै निर्भर हुनेछ । गोरखा मिडिया नेटवर्कका पूर्व प्रवन्ध निर्देशकसमेत रहनुभएका लामिछाने समेतले पोखराको सूर्यदर्शन सहकारीको रकम अवैधानिक रुपमा अपचलन गरेको आरोप छ । लामिछानेविरुद्ध रुपन्देही, काठमाडौं, चितवन र पर्साबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडिया नेटवर्कले सूर्यदर्शन सहकारीसहित अरु सहकारीबाट ६५ करोड अवैधानिक रुपमा लगेर ठगी गरेको आरोप छ । सूर्यदर्शनमा एक अर्ब ३५ करोड हिनामिना भएको देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

पितृ सम्झने पर्व सोह्रश्राद्ध सुरु, पशुपतिनाथमा तर्पण र पिण्डदान गर्नेको चहलपहल

काठमाडौं – हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित...

लगातारको वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा बाढी पसेपछि ५०० घर डुबानमा

काठमाडौँ – लगातारको वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा बाढी पसेपछि ५०० घर डुबानमा परेका...

देउवा समूहको कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको...