रासायनिक मलको प्रयोगले सिमसारमा असर

Published on

काठमाडौँ । कोशीटप्पु वन्यजन्तु आरक्षमा रासायनिक मलको प्रयोग र जैविक विविधतामा परेको असर विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजना तथा कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीको समन्वयमा सम्पन्न भएको संवादमा सरोकारवालाले खेतमा प्रयोग गरेको रासायनिक मलको असर माटो, पानी, सिमसार, वन्यजन्तु, जैविक वातावरणमा समेत परेको चर्चा गरेका छन् ।

सुनसरीको खेतीयोग्य जमिनमा बढी उत्पादन गर्ने उद्देश्यका साथ अत्यधिक रासायनिक मल, युरिया, डिएपी, पोटासलगायतको प्रयोगले माटो, पानी, सिमसार, वन्यजन्तु, जैविक वातावरणमा समेत परेको संरक्षणकर्मी रविन घिमिरेले चर्चा गर्नुभयो ।

सुनसरीको मध्यवर्ती क्षेत्रमा पनि विगत दुई दशकदेखि रासायनिक मलको अत्यधिक प्रयोगले विगतमा खेतमा देखिने गँगटा, भ्यागुता, घोङ्घी, मैना, बकुला र विभिन्न चरा अहिले लोपोन्मुख अवस्थामा पुगेको अर्का सहभागी देवीप्रसाद चौलागाईंले बताउनुभयो । कोशी क्षेत्रमा बढ्दो रासायनिक मलको प्रयोगले खेतमा मात्रै नभई सिमसार क्षेत्रमा समेत असर देखिन थालेको माछापालक किसान भीष्म अधिकारीले गुनासो गर्नुभएको छ ।

सहभागीले नाइट्रोजन प्रदूषण समाधानका उपायमा व्यक्ति स्वयं, नागरिक समाज, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिएको थियो । कार्यक्रममा आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले सबै बालीको मल सोस्ने क्षमता नहुने भएकाले रासायनिक मल घातक रहेको बताउनुभयो । उहाँले रासायनिक मलको प्रदूषणबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने, मलको प्रदूषण नियन्त्रणसम्बन्धी प्रभावकारी कार्यक्रम बनाई लागु गर्नुपर्ने र रासायनिक मलबाट नाइट्रोजनको नोक्सान कम गर्न अनुसन्धानमा लगानी गर्नुपर्ने बताउनुभयो ।

चौधरीले सन् २०३० सम्ममा नाइट्रोजन प्रदूषणलाई आधा गर्ने कोलम्बो घोषणापत्र लागु गर्नुपर्ने, ९नेपालसमेत ३० देशले घोषणापत्रमा साइन गरेको० ले कार्यान्वयन गर्नुपर्ने, प्राङ्गारिक मलको प्रवर्धन गर्नुपर्ने, नाइट्रोजन स्रोतहरू पहिचान गर्न, रिपोर्टिङ र डाटा सङ्कलन क्षमता सुधार गरेर, पानीमा मिश्रित नाइट्रेट शुद्धीकरण गर्ने यन्त्र जडान गरेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

मानव अधिकार समूहका अध्यक्ष राजकुमार शर्माले निजी क्षेत्रबाट रासायनिक मलको प्रयोगलाई चरणबद्ध रूपमा कम पशुधनको फोहोरलाई जैविक मलका रूपमा प्रयोग गरेर रासायनिक मल घटाउन सकिने बताउनुभयो । शर्माले कृषि बाली सङ्कलनपछि दलहन बाली लगाउनुपर्ने बताउनुभयो । संरक्षणकर्मीका अनुसार युएनइपी २०२३ को तथ्याङ्कले प्रदूषित हावाले मुटुको, श्वास नलीको क्यान्सर र आँखासम्बन्धी रोग निम्त्याउने र विश्वमा हरेक वर्ष वायु प्रदूषणबाट ८० लाख मानिस मर्ने गरेको तथ्याङ्क छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...