थारू गाउँमा माघका लागि ‘जिटा’ अभाव

Published on

काठमाडौं । कैलालीको थारू बस्तीमा माघ (माघी) पर्वका लागि जिटा अभाव देखिएको छ । पहिलेको तुलनामा गाउँघरमा सुङ्गुर, बङ्गुर कम रहेकाले पर्वका लागि जिटा अभाव भएको बरघरहरूको भनाइ छ । 

सबैभन्दा ठुलो माघ पर्वका लागि सुङ्गुरको मासु पाउन समस्या भएको सो समुदायका मानिसले बताएका छन् । माघ पर्वको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन हरेक थारू गाउँमा सुङ्गुर मार गर्ने गरिन्छ । जसलाई जिटा मर्ना भनिन्छ । पर्व आउनु एक महिना वा हप्तादिन अगाडि मासु लिनेको नामावली तयार पारेर जिटा मार्ने र सोहीअनुसार सबैले बाँडीचुँडी मासु लिने गरिन्छ । 

पछिल्लो केही वर्षयता फैलिएको विभिन्न रोगका कारण सुङ्गुर मरेका र बाँकी रहेकालाई मासु व्यापारीहरूले किनेका कारण चाडपर्वका लागि सुङ्गुरको मासु पाउन मुस्किल भएको धनगढी उपमहानगरपालिका-८ का काजी थारूले बताउनुभयो । 

सहरी क्षेत्रमामात्रै नभई गाउँघरमा पनि यही समस्या रहेको छ । गाउँघरमा रहेका सुङ्गुर मासु व्यापारीले किनेकाले माघका लागि मासु पाउन मुस्किल भएको कैलारी गाउँपालिका –७ का फूलराज चौधरीले बताउनुभयो । उहाँले गाउँमा माघका लागि पर्याप्त जिटा नरहेको जानकारी दिनुभयो । 

सुङ्गुरको मासु नपाइएकाले माघी बिग्रिने चिन्ता रहेको थारू समुदायका व्यक्तिले बताएका छन् । अचेल सबै समुदायका मानिसले सुङ्गुरको मासु खाने र खपत बढेकाले चाडपर्वका लागि सुङ्गुरको मासु पाउन समस्या भएको धनगढी उपमहानगरपालिका स्तरीय नगर भलमनसा समितिका अध्यक्ष रोहित चौधरीले बताउनुभयो । उहाँले आफूले माघ पर्वका लागि बडो मुस्किलले मासु पाएको उल्लेख गर्नुभयो । 

नयाँ वर्षसमेत रहेको माघ पर्वमा थारू समुदायका मानिसले वर्ष दिनको दुःखपीडा बिर्सेर खुसीयाली साटासाट र रमाउने गर्दछन् । यो पर्वमा विशेषगरी सुङ्गुरको मासु, ढिक्री खाने र मघौटा नाच नाच्दै रमाइलो गर्ने चलन रहेको छ । यसैगरी, परम्परागत ढमार र ढुमरु गीत गाएर मनोरञ्जन गर्ने गरिन्छ । 

साता दिनसम्म उल्लासपूर्वक मनाउने माघ पर्वको रौनक थारू गाउँमा सुरु भइसकेको छ । मानिसहरू तयारीमा जुटेका छन् । 

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...