बाँकेका तीन पालिकामा १४औँ पटक हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने

Published on

काठमाडौँ । बाँकेका तीन पालिकामा १३ पटकसम्म लगातार औषधी खुवाउँदा पनि हात्तीपाइले रोगका संक्रमित भेटिएपछि १४ औँ पटक औषधी खुवाउने अभियान सुरु गर्न लागिएको छ। ती पालिकामा सबैले औषधी नखाइदिएकै कारणले हात्तीपाइले रोगका संक्रमित भेटिएको हुँदा १४ औँ पटक यो अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको हो । जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा फागुन पाँच तथा डुडुवा र नरैनापुरमा फागुन सात गतेदेखि आम औषधी सेवन अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो । हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमबारे पत्रकारसँग बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा शाहीले केहीले औषधि खाने र केहीले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताउनुभयो । उहाँका अनुसार सो अभियान अन्तर्गत बाँकेमा दुई लाख ५७ हजार बढीलाई औषधि खुवाइँदैछ ।

नेपालगन्जमा एक लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १७४ जना र नरैनापुरमा ४२ हजार ३६९ जना तथा बैजनाथको वडा नम्बर चारमा आठ हजार ९६२ जना गरी जम्मा दुई लाख ५७ हजार ६०१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ । यस पटक लक्षित सबैलाई औषधी खुवाउने गरि अभियान सञ्चालन गरिने जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले त्यसका लागि वडा अध्यक्षको नेतृत्वमा धार्मिक अगुवा, समाजसेवी, महिला अगुवा, शिक्षक र राजनितिक कार्यकर्ताहरु घरघरमा पुग्ने गरि योजना बनाईरहेको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर चारमा १.८ देखि २.५ प्रतिशतसम्म प्रिभेलेन्स (ब्यापकता) देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले बताउनुभयो ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतिका रुपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागिदिन सबै सरोकारवालालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको हातेमालोमा जोड दिनुभयो ।

spot_img

ताजा समाचार

रूसको ऊर्जा क्षेत्रमा “गैजप्रोम”को नयाँ रणनीति

काठमाडौँ । रूसी ऊर्जा कम्पनी ‘गैजप्रोम नेफ्ट’ले २०२६ मा आफ्नो हाइड्रोकार्बन उत्पादन बढाउने योजना...

स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल सङ्कट

काठमाडौँ । इरानले स्ट्रेट अफ होरमुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागु...

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ...

सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

काठमाडौँ । सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ...