इलाका प्रहरी कार्यालय हापुरेको भवन शिलन्यास

Published on

काठमाडौँ । बबई गाउँपालिका वडा नम्बर ५ मा रहेको इलाका प्रहरी कार्यालय हापुरेको भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले इलाका प्रहरी कार्यालय हापुरेको भवनको शिलान्यास गर्नुभएको हो । इलाका प्रहरी कार्यालयले बाघमारे सहकारी संस्थाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ । १५ वर्षदेखि भाडामै सेवा दिँदै आएको छ । प्रहरी कार्यालयमा २३ जनाको दरबन्दी रहेको छ । इलाका प्रहरी कार्यालयको भवन उद्घाटन बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले पालिकाबाट समेत भवन निर्माणका लागि बजेट व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले पश्चिम दाङको व्यापारिक केन्द्रका रूपमा रहेको हापुरेमा शान्ति सुरक्षा व्यवस्थापनका लागि प्रहरीका लागि भवन अनिवार्य रहेको बताउनुभयो । अध्यक्ष खत्रीले सङ्घ प्रदेशबाट विनियोजन गरिएको रकम विभिन्न झन्झटिला प्रक्रिया कारण फिर्ता जाँदा नागरिकमा निराशा छाउने गरेको बताउनुभयो ।

बबई गाउँपालिकाका पूर्व अध्यक्ष भुवनेश्वर पौडेलले भवन निर्माणका लागि सबैको सहयोग अनिवार्य रहेको बताउनुभयो । उहाँले बबई गाउँपालिकाको वडा नम्बर १,७ मा विपद्का घटना बढी हुने र ती क्षेत्रमा विपद् सामग्रीको व्यवस्थापन, सुरक्षाका लागि समेत प्रहरी कार्यालय भवन अनिवार्य रहेको बताउनुभयो । पूर्वहापुरे सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर श्रीस मगरले हापुरेमा निर्माण हुन थालेको भवनका लागि आवश्यक पर्ने काठ सामुदायिक वनहरूले काठलगायतको सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । पदमपुर सामुदायिक वनका अध्यक्ष ज्ञान्द्रबहादुर खड्काले इलाका प्रहरी कार्यालय हापुरेको भवन निर्माणका लागि आवश्यक सामग्री व्यवस्थापनका गर्न वन तयार रहेको बताउनुभयो । २०६७ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालयको भवन नहुँदा समस्या रहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...