एसइईमा ४ जिपिए ल्याउनेलाई बारपाक सुलीकोटले एक लाख दिने

Published on

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका भित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरूप एक लाख रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले एक सार्वजानिक सूचना जारी गर्दै ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख दिने घोषणा गरेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो। ‘‘पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या निजि विद्यालयका कारण विद्यार्थीको सङ्ख्या घट्दै गएकाले सामुदायिक विद्यालयमा शैक्षिकगुणस्तर वृद्धि गर्नका लागि शिक्षा क्षेत्रमा पालिकाले लगानी गर्छ,’’ अध्यक्ष भट्टले भन्नुभयो, “सामुदायिक विद्यालयमा बालबालिका पढाउन प्रोत्सहान होस् भन्नुका साथै सामुदायिक विद्यालयका विद्यार्थीलाई थप पढ्न प्रेरण मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम घोषण गरिएको हो ।”

विद्यालयका उत्कृष्ट विद्यार्थीलाई एक लाख नगदसहित गाउँपालिकाले ३.९० देखि ३.९९ जिपिए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जिपिए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जिपिए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जिपिए ल्याउनेलाई १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । यस वर्षको एसइई परीक्षा आउने चैत ७ गतेबाट सञ्चालन हुँदैछ । गाउँपालिकाबाट यस वर्ष नियमित तर्फ २९८ जनाले एसइई परीक्षा दिँदै छन् । ग्रेड वृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाले निकालेको सूचनमा उल्लेख छ । परीक्षाका लागि विद्यार्थीको मनोबल बढाउँदै थप हौसाला प्रदान गर्न प्रोत्साहन रकम घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी दिनुभयो । ‘‘गत माघ २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले यो निर्णय गरेको हो,’’ उहाँले भन्नुभयो, “आगामी वर्षहरूमा पनि यो कार्यक्रमले निरन्तरता पाउँछ ।” बारपाक सुलीकोट गाउँ कार्यपालिकाले गरेको निर्णयले शिक्षाको गुणस्तर कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...