मनाङमा जम्मा ४६ जनाले एसइई परीक्षा दिने

Published on

काठमाडौैँ । मनाङमा ४६ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका चार वटा स्थानीय तह रहेको भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीन वटा पालिकाको बिचमा पर्ने लोकप्रिय मावि परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जानकारी दिएको छ ।

परीक्षामा नियमिततर्फ ४१ र ग्रेड वृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुने शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धु्व्रप्रसाद कोइरालाले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कोइरालाले नासोँ गाउँपालिकामा रहेको प्रकाशज्योति मावि २१, मनाङ ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट ४, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १४ र लोकप्रियबाटै खुला २ जना गरी जम्मा जम्मा ४१ जनाले एसइई दिने बताउनुभयो । उहाँले प्रकाशज्योति माविबाट २ र लोकप्रिय माविबाट ३ जनाले ग्रेडवृद्धि परीक्षा दिने बताउनुभयो । ७७ जिल्लामध्ये एसइईमा हुने सबैभन्दा कम विद्यार्थी सहभागी जिल्लामा मनाङ पर्दछ । यस वर्ष पनि एसइई दिने विद्यार्थी नभएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने नीति अवलम्बन गर्दै भानु मावि तालका प्रधानाध्यापक श्यामकृष्ण पन्तलाई केन्द्राध्यक्ष तोकिने तयारी गरिएको छ ।

यसैबीच प्रकाशज्योति माविका प्रधानाध्यापक नियमिततर्फ २१ र ग्रेडवृद्धितर्फ २ गरी २३ विद्यार्थी परीक्षामा सहभागी हुने र नियमितरुपमा कक्षा सञ्चालन गरी तयारी अवस्थामा रहेको बताउनुभयो । त्यसै गरी अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेले एसइईमा गत वर्ष एक छात्रा मात्र सहभागी भएकोमा यस वर्ष बढेर ४ जना पुगेको बताउनुभयो । उहाँले सबै परीक्षार्थी परीक्षा केन्द्रमा पुगेको जानकारी दिनुभयो । त्यसैगरी लोकप्रिय माविका प्रधानाध्यापक कृष्ण कोइरालाले एसइईको तयारी पूरा भएको तथा लोकप्रिय माविबाट नियमित १४, खुलाबाट २ र ग्रेडवृद्धि ३ गरी जम्मा १९ परीक्षार्थी सहभागी हुने बताउनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...