मनाङमा जम्मा ४६ जनाले एसइई परीक्षा दिने

Published on

काठमाडौैँ । मनाङमा ४६ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका चार वटा स्थानीय तह रहेको भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीन वटा पालिकाको बिचमा पर्ने लोकप्रिय मावि परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जानकारी दिएको छ ।

परीक्षामा नियमिततर्फ ४१ र ग्रेड वृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुने शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धु्व्रप्रसाद कोइरालाले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कोइरालाले नासोँ गाउँपालिकामा रहेको प्रकाशज्योति मावि २१, मनाङ ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट ४, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १४ र लोकप्रियबाटै खुला २ जना गरी जम्मा जम्मा ४१ जनाले एसइई दिने बताउनुभयो । उहाँले प्रकाशज्योति माविबाट २ र लोकप्रिय माविबाट ३ जनाले ग्रेडवृद्धि परीक्षा दिने बताउनुभयो । ७७ जिल्लामध्ये एसइईमा हुने सबैभन्दा कम विद्यार्थी सहभागी जिल्लामा मनाङ पर्दछ । यस वर्ष पनि एसइई दिने विद्यार्थी नभएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने नीति अवलम्बन गर्दै भानु मावि तालका प्रधानाध्यापक श्यामकृष्ण पन्तलाई केन्द्राध्यक्ष तोकिने तयारी गरिएको छ ।

यसैबीच प्रकाशज्योति माविका प्रधानाध्यापक नियमिततर्फ २१ र ग्रेडवृद्धितर्फ २ गरी २३ विद्यार्थी परीक्षामा सहभागी हुने र नियमितरुपमा कक्षा सञ्चालन गरी तयारी अवस्थामा रहेको बताउनुभयो । त्यसै गरी अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेले एसइईमा गत वर्ष एक छात्रा मात्र सहभागी भएकोमा यस वर्ष बढेर ४ जना पुगेको बताउनुभयो । उहाँले सबै परीक्षार्थी परीक्षा केन्द्रमा पुगेको जानकारी दिनुभयो । त्यसैगरी लोकप्रिय माविका प्रधानाध्यापक कृष्ण कोइरालाले एसइईको तयारी पूरा भएको तथा लोकप्रिय माविबाट नियमित १४, खुलाबाट २ र ग्रेडवृद्धि ३ गरी जम्मा १९ परीक्षार्थी सहभागी हुने बताउनुभयो ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...