ज्वेलर्स पसलमा चोरी भएपछि व्यापारी आन्दोलित

Published on

काठमाडौँ । महोत्तरीको पडौलस्थान बजारमा स्थानीयहरुले प्रदर्शन गर्दै सोमवार बजार बन्द गराएका छन् । बलवा नगरपालिका –३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी भएको घटनालाई लिएर व्यापारीहरु सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् । शनिबार राति चोरहरूको समूहले पसलमा लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको बताइए पनि चोर समात्ने प्रयास सुरक्षाकर्मीले नगरेको भन्दै व्यापारीहरु बजार बन्द गराएका छन् । शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुणकुमार साहका अनुसार ५ जनाको समूहमा आएका डाँकाहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट ९लकर०, क्यामराको हार्डडिस्क चोरी गरेर लगेको छ । सुन पसलमा लागेको सिसिटिभी क्यामराको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्यामरा लुटपाट गर्न प्रयोग भएको जिप र डकैतीमा संलग्नहको भिडियो कैद भएको प्रहरीको भनाइ छ । पसलमा राति नै चोरी भए पनि आइतबार बिहान ९ बजे मात्र थाहा भएको सञ्चालक साहले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...