सांस्कृतिक र राजनीतिक रुपमा नेपाल भारतसम्बन्ध महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिं

Published on

काठमाडौँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल भारतसम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभएको छ । नेपाल–भारत मैत्री संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल र भारतसम्बन्ध जनस्तरमै रहेको बताउनुभयो । मैत्री संघले दुई देशबिच जनस्तरमा सम्बन्ध बनाउन र नेपाल भारत सम्बन्ध सुमधुर बनाउन भूमिका खेलेको भन्दै प्रशंसा पनि गर्नुभयो । ‘‘धार्मिक, सांस्कृति पक्षबाट मात्र नभइकन राजनीतिक रुपमा राजनीतिक क्षेत्रबाट पनि सम्बन्ध रहेको कुरा तपाई हामीले सबैले बुझेकै कुरा हो । नेपाल र भारतमा खासगरि बहुसङ्ख्यक जनता हिन्दु छन् । त्यतीमात्र नभइकन गौतम बुद्ध लुम्बिनीमा जन्मनुभयो । पछि ज्ञान प्राप्त भएपछि गयादेखि सारनाथसम्म गएर प्रवचन दिनुभयो । धर्मका आधारमा हेर्ने हो भने पनि नेपाल र भारतमा हिन्दु र बौद्धको उत्तिकै महत्त्व छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले धेरै अगाडिदेखिनै नेपाल भारतबिच विवाहवारी समेत चल्ने गरेको पनि बताउनुभयो ।

धार्मिक, सांस्कृतिक र राजनीतिक रुपमा नेपाल भारतसम्बन्ध महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । विगतमा भारतीय स्वतन्त्रता संग्राम हुँदा भारतका नेताहरु नेपालमा आएको र प्रजातन्त्र प्राप्तिको आन्दोलनका बेला नेपाली नेताहरु भारत प्रवासमा गएको पनि सिंहले स्मरण गर्नुभयो । नेपाल र भारत दुबै देशमा बहुसङ्ख्यक नागरिक हिन्दु धर्मावलम्बी रहेको र नेपालमा जन्मिएका बुद्धले भारतमा प्रवचन दिएको भन्दै उहाँले हिन्दु र बुद्धिजमको महत्व ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक र सांस्कृतिक रुपमा दुई देशबिच गहिरो सम्बन्ध रहेको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो । नेपालमा २०११ सालमा स्थापना भएको नेपाल भारतसम्बन्ध जनस्तरमा सुमधुर बनाउन मैत्री संघले लामो समयदेखि भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गर्नुभयो ।

spot_img

ताजा समाचार

भिरबाट लडेर बालिकाको मृत्यु

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३,...

पोखरामा पर्यटक संख्या घट्यो, मध्यपूर्व तनाव मुख्य कारण

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य...

एसईईमा पाँच हजार ४६ जना विद्यार्थी सहभागी हुँदै

 काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा धादिङ जिल्लाबाट पाँच हजार...

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

काठमाडौं । जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको...