ताला फोडेर परीक्षा सञ्चालन

Published on

काठमाडौँ । कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेकोविरुद्ध नेपाल शिक्षक महासङ्घसहित विभिन्न शिक्षक सङ्घ सङ्गठनले आपत्ति जनाएको छ । रास्कोट नगरपालिकामा रहेका शिक्षक सङ्घ सङ्गठनले शिक्षक आन्दोलनमा रहेका बेला मध्यस्तकर्ताको भूमिका खेल्ने निकाय शिक्षा शाखा प्रमुख आफैँले विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन गर्नु आपत्तिजनक भएको बताएको छ । शिक्षकहरू माग पूरा गराउन सङ्घीय राजधानी केन्द्रित भएका बेला परीक्षा लिन नसक्ने भनेपछि शिक्षा शाखा प्रमुख खेमराज शाहीले विद्यालयको ताला फोडेर परीक्षा लिएका थिए । कक्षा ८ को ग्रेडवृद्धी परीक्षा लिन शिक्षकले अस्वीकार गरेपछि शाखा प्रमुख शाहीले सानका साथ ताला फोड्नु निन्दनीय कार्य भएको शिक्षकहरूका नेताद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

शिक्षक नेताहरू खेमराज न्यौपाने, लोकराज न्यौपाने, मेकेन्द्रबहादुर शाही, अबिलाल सज्याल, उपेन्द्रप्रसाद न्यौपाने, तपराज न्यौपानेद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञाप्तिमा शाखाका प्रमुखको कार्य शैक्षिक सुधारको विपरित रहेको उल्लेख छ । यस्ता दम्बले शैक्षिक गुणस्तर सुधारभन्दा पनि झन समस्यामा पर्ने भएकाले यो गल्ती सच्याउन विज्ञाप्तिमार्फत अनुरोध समेत गरेका छन् । परीक्षाको बहाना गर्दै शिक्षा शाखा प्रमुख शाहीले नगरको नमुना माध्यमिक विद्यालय वडिमालीका माध्यमिक विद्यालयको ताला फोड्नु भएको हो । स्थानीय पुष्पराज शाहीले शिक्षा प्रमुख खेमराज शाहीद्वारा हस्तक्षप गरेर विद्यालयको ताला फोडिएको बताउनुभयो । अरूलाई सार्वजनिक मुद्दा लाग्छ, ताला फोड्नै परे पनि प्रहरीको मुचुल्का चाहिन्छ होला तर नगर शिक्षा शाखा प्रमुखले सिँधै ताला फोडेर विद्यार्थीलाई भित्र राखेर परीक्षा लिएको बताउनुभयो ।

विद्यालय जस्तो शान्ति क्षेत्रमा हतौडाले कक्षा कोठाको ताला फोड्नु जस्तो अपराध अरू केही नहुने स्थानीयको भनाइ छ । स्थानीय कृष्ण शाहीले शाही शासनको झल्को रास्कोट नगरपालिकामा आएको बताउनुभयो । नगर प्रमुख शाही, उपप्रमुख वाहुन भए पनि शासन शाहीकै जस्तो शाखा प्रमुख शाही हुँदा राजाको शासनलाई कुर्न कतै जान नपरेको उहाँको भनाइ छ । शिक्षकका जायज माग छन्, सरकारले वार्ताका लागि भनिरहेको छ, तर पटक पटक धोका हुन्छ भनेर वार्ता भएको छैन, यस्तो सङ्क्रमणकालीन अवस्थामा शिक्षकले कसरी परीक्षा लिने यसमा शिक्षक माथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो । शिक्षा शाखा प्रमुख शाहीले शिक्षकले परीक्षामा आफुहरू सहभागी नहुने भनेर कक्षा कोठा खोले पनि हिक्मत शाही लगायतका व्यक्तिले पुनः कक्षा कोठामा ताला लगाएकाले आफुले फोडेको स्वीकार गर्नुभयो । केही प्रहरी मुचुल्का चाहिँदैन आन्दोलनकारीले ताला लगाएको होइन फरक व्यक्तिले लगाएकाले प्रहरी मुचुल्का बिना ताला फोडेर विद्यार्थीलाई परीक्षा दिन लगाएको शाहीको जिकिर छ । शाखा प्रमुख शाहीले शिक्षक नेताहरूको विज्ञाप्तिलाई आफुविरुद्धको आरोप पत्र मात्र भएको प्रतिक्रिया दिनुभयो ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...