राङखानीको तामाखानी पुनः उत्खननको माग

Published on

काठमाडौँ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका डम्मर बहादुर बिक बालापन देखिनै यही तामा निकालिएको प्वालमा ओहोरदोहोर गर्दै हुर्किनुभयो । यो यहाँको एउटा इतिहास हो र पुर्खाहरूको परिश्रमको चिनारी पनि । ‘हामी सानैदेखि यी दुलोको वारपार गर्थ्यौँ, अहिले पनि यी दुलोहरू उस्तै छन् ।’ उनले भने–‘यहाँबाट हाम्रा बाजे जिजुहरूले तामा निकाल्नुभएको थियो , उहाँहरूकै चिनो हुन् यी दुलाहरू ।’ यस ठाउँमा पुर्खाहरूले छोडेका धेरै चिनोहरू छन् । प्रशस्त मात्रामा तामा पाइने भएकोले धेरै ठाउँमा यस्तै प्वाल पारि तामा निकालिएको छ । परम्परागत रूपमा झिरबाङ ९निगालो० बाल्दै छिनो, कुटो र कोदालो प्रयोग गरी तामा निकाल्ने गरेको बताइन्छ । यस ठाउँको नाम र यस ठाउँमा बसोबास गर्ने मानिसको पहिचान समेत तामाखानीसँग जोडिएको छ । स्थानीय ज्येष्ठ नागरिक बम बहादुर श्रीषले यो ठाउँको नाम पनि तामाखानीसँग जोडिएको बताउनुभयो ।

‘यहाँ दुई थरी तर्क रहँदै आएको छ । एउटा राङ भन्ने तामाको धातु पाइने भएकोले यस ठाउँको नाम नै राङखानी रहन गयो, अर्को कुरा यो तामाखानीबाट राँगोको गर्धन जत्रै तामा भेटिएकोले यसको नाम राङखानी रहन गएको हो भन्ने भनाई छ ।’ उहाँले भन्नुभयो–‘यहाँ अझ पनि प्रशस्त मात्रामा तामा रहेको हुन सक्छ ।’ यहाँका खानीबाट निकालिएको तामाबाट विभिन्न सामाग्रीहरू बनाइन्थ्यो । डाडु, पन्युँ, ताउलो लगायतका सामाग्री यहीँका खानीबाट निकालिएका तामाबाट बनाइन्थ्यो । अहिले पनि कतिपय घरमा यहीँका खानीबाट निकालिएका तामाबाट बनाइएका डाडु, पन्युँ, ताउलो लगायतका सामाग्रीको प्रयोग गरिन्छ । स्थानीय जगदीश श्रीषले केही बर्ष अघिसम्म आफ्नो घरमा पनि यहीँका खानीबाट निकालेको ताउली लगायतका सामाग्री रहेको बताउनुभयो । ‘हाम्रो घरमा पनि यहीँका तामाबाट बनाइएका ताउली र डाडु थिए, अहिले भने सिल्टेका भाँडासँग साट्दै गर्दा सकिए ।’ उनले भने–‘अझ पनि गाउँमा धेरै व्यक्तिको घरमा यहीँका तामाबाट बनाइएका भाँडाहरू छन् । यहाँका तामाखानी करिब १२० वर्ष अघि बन्द गरिएको बताइन्छ ।

चन्द्रशमशेरको पालामा सरकारलाई तिरो तिर्न नसकेपछि खानी बन्द गरिएको स्थानीयको भनाई छ । यहाँका खानीबाट तामा सकिएर बन्द नभई राज्यलाई कर तिर्न नसक्दा बन्द भएकोले पुनः तामा उत्खनन गर्नुपर्ने स्थानीयको भनाई छ । यसले यहाँका नागरिकमा रोजगार सृजना गर्नुका साथै आम्दानीको श्रोत बढाउने विश्वास छ । नेपाल गरिब हुनुको एउटा मुख्य कारण यहाँका श्रोत र साधनको उचित उपयोग नहुनु हो । श्रोत र साधनले भरिपूर्ण भए पनि त्यसको उत्खनन र उपयोगमा राज्यले खासै ध्यान दिएको पाइँदैन । जसका कारण रोजीरोटीकोलागि प्रत्येक वर्ष नेपाली युवाहरूले विदेशमा भतारिनु परेको छ । बाहिरबाट आयातित सामानको प्रयोग गर्नुको सट्टा यहीँका तामाखानी लगायतका श्रोत र साधनको उत्खनन र उचित उपयोगमा ध्यान दिऔँ । समृद्धि यहीँबाट प्राप्त हुन्छ ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...