नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण

Published on

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो । जलविद्युत् आयोजनामा निर्माण हुने सम्पूर्ण भौतिक पूर्वाधारहरू निर्माण सकेर परीक्षण थालेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख महिनाभित्रमा विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, ‘‘बाँधदेखि विद्युत् गृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परीक्षण थालिएको छ । भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर विद्युत् परिक्षणको काम अन्तिम चरणमा पुगेको छ ।”

निर्माण कम्पनीले खोप्रालेकको फेदी कालोखोलामा बाँध, ५०/५० मिटर लामा दुई वटा पानी थिग्राउने पोखरी डसेन्डेर, रेलेखर्कमा विद्युतगृह निर्माण र बाँधदेखि विद्युत गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको आयोजनाका जनसम्पर्क अधिकृत पाण्डेले बताउनुभयो । रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सब स्टेसन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । पाँच सय पाँच मिटर माथिबाट विद्यृतगृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७९ मा निर्माण सुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा कार्यतालिका प्रभावित बनेका हो । अस्थायी बाँध बनाएर डिसेन्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जनसम्पर्क अधिकृत पाण्डेले बताउनुभयो । एक अर्ब २० करोड लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैँकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेँसीगाउँदेखि लेकगाउँ हुँदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...