प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार भेटवार्ता भएको छ । प्रदेश प्रमुखको निवासमा पुगेर मुख्यमन्त्री शाहले भेट गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री शाहले आफ्नो भारत भ्रमणको विषयमा प्रदेश प्रमुखलाई जानकारी दिनुभएको थियो । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा जाँदै छ । भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमण टोलीले दिल्ली, देहरादुन र लखनऊको भ्रमण गर्ने मुख्यमन्त्रीकोे सचिवालयले जानकारी दिएको छ ।

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...