गुल्मीको मरभुङ्गमा गोठ जल्दा १२ पशुचौपाया मरे

Published on

काठामाडौँ । गुल्मीको मरभुङ्गमा आइतबार बिहान गोठमा आगलागी हुँदा १२ वटा पशुचौपायाको जलेर मृत्यु भएको छ । मालिका गाउँपालिका–८ किलिबाङका तुलबहादुर घर्तिको ढुङ्गा माटोले बनेको गोठमा आगलागी हुँदा एक भैंसी र पाडीसहित खोरमा रहेका १० बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । यसैगरी, खोरमा रहेका चार बाख्रा जलेर घाइते छन् । घटना लगत्तै मरभुङ्ग प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक दिपक शाहको कमाण्डमा पुगेको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएको सारुले बताउनुभयो । गोठ र बाख्राको खोर पूर्णरुपमा जलेर नष्ट भए पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...