लिफ्टिङ प्रविधिमार्फत काभ्रडाँडामा ‘एक घर, एक धारा’

Published on

काठमाडौँ । खानेपानीको चरम अभाव झेलेको बागलुङ नगरपालिका-१३ पैयुँपाटा काभ्रडाँडाका स्थानीयहरुको लागि ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याइएको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवाको सहयोग र बागलुङ नगरपालिकाको साझेदारीमा काभ्रेडाँडाका २१ घर धुरीको लागि लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न गरि संचालनमा ल्याइएको हो । आयोजनाले खानेपानीको लागि १५ देखि ३० मिनेटको बाटो नजिकैको खोल्सामा पुगेर लामो समय कुर्नपर्ने बाध्यताको अन्त्य भएको स्थानीय ७६ वर्षीया बालिका रिजालको भनाइ छ । स्थानीय रिजालले खानेपानी दिनको लागि कुवाँमा जानुपर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नुपर्ने, खानेपानी लिन हिड्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

खानेपानी ल्याउनुपर्ने बाध्यता लिफ्टिङ खानेपानी योजना मार्फत टरेपछि काभ्रडाँडाबासीले दुःखका दिन गएको अनुभव गरेका छन् । ‘हामीले त दुःखका दिन काटियो अब हाम्रा छोरा नातिलाई घरमै आएको धारोको पानी खानी खान पाउने भए धेरै खुसी लागेको छ,’ स्थानीय रिजालले खुसी हुँदै भन्नुभयो, ‘पानी आयो, जीवन आयो । अब हाम्रो गाउँ पछि पर्ने छैन ।’ लिफ्टिङ खानेपानी मार्फत प्रत्येक घरघरमा धारा ल्याउन पाउँदा यहाँ स्थानियलाई ठुलो राहत भएको आयोजनाका अध्यक्ष नरप्रसाद रिजालले बताउनुभयो । उहाँले ठूलो मिहिनेतले अहिले घर घरमा धाया ल्याउन सफल भएको बताउँदै वर्षौदेखि खानेपानीको लागी भोग्दै आएको दुःखको अन्त्य भएको बताउनुभयो । एक घर एक धाराको उद्घाटनपछि काभ्रेडाँडालाई सफा र स्वच्छ समुदाय समेत घोषणा गरिएको छ । ‘बागलुङ नगरपालिकाको साझेदारीमा नेवाले खानेपानी योजनाका लागि सहयोग गर्‍यो, हामीले पानी मात्र हैन घर आगन कसरी सरसफाई राख्ने पनि सिकेका छौं । त्यसैले हाम्रो गाउँलाई सफा र स्वच्छ समुदाय घोषणा गरेका छौं,’ अध्यक्ष रिजालले भन्नुभयो ।

काभ्रडाँडा गाउँभन्दा केही तलको सिमको खेतमा रहेको पानीको मुलबाट लिफ्टिङ प्रविधि मार्फत कुल २४ लाख ६० हजार ७ सय रुपियाँ लागतमा योजना सम्पन्न भएको आयोजनाका अध्यक्ष रिजालले जानकारी दिनुभयो । उहाँले नेवाको ११ लाख ७३ हजार ५० रुपियाँ, बागलुङ नगरपालिकाको ८ लाख ८४ हजार ६९० रुपियाँ र स्थानीय जनश्रमदानको ४ लाख २ हजार ९६० रुपियाँ लागत रहेको बताउनुभयो । आयोजना मार्फत १ वटा इन्टेक, २ वटा आरभिटी र २१ वटा धारा निर्माण गरिएको छ । गत भदौ २१ गते सम्झौता भएर काम सुरु भएको योजना चैत्रको पहिलो साता सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरबासीलाई स्वच्छ पानीको व्यवस्थापन गर्न नगरपालिका लागि परेको बताउनुभयो । उहाँले नगरपालिकाले विभिन्न संघसंस्थासँग साझेदारी गरेर नगरभरी ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको बताउनुभयो । ‘नेवासँगको साझेदारीमा काभ्रेडाँडाबासीको धेरै पहिले देखीको सपना अहिले साकार भएको छ,’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा खानेपानी समस्या भएको अन्य बस्तीमा पनि जे जसरी खानेपानीको समस्या समाधान गर्न सकिन्छ नगरपालिकाले त्यसैगरी आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउने छ ।’ नगरप्रमुख श्रेष्ठले नगरका सबै नागरिकको घरघरमा शुद्ध खानेपानी पुर्‍याउने योजना अन्तरगत लिफ्ट प्रविधि मार्फत र ड्रिलिङ प्रविधि मार्फत योजना निर्माण भइरहेको बताउनुभयो । नेवा मार्फत जिल्लाका विभिन्न स्थानमा लिफ्ट खानेपानी आयोजना र अन्य योजना संचालन गरी ‘एक घर एक धारा’ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको नेवा गण्डकी प्रदेशका प्रमुख रमेश दाहालले बताउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...