जन्डिसको सुइ लगाएको दुई मिनेटमै मृत्यु

Published on

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुग्नु भएको थियो । उक्त मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौँ गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको प्रत्यक्षदर्शीले बताउनुभयो । झाडापखालको उपचार गराउन गएका सोही ठेगाना भएका खडक बहादुर साउँदले भन्नुभयो “मलाई सलाइन चढाएपछि निरज भाईलाई एउटा इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिने वित्तिकै खोक्न थाल्नुभयो । खोक्दा खोक्दै मुखबाट फिज आयो । एकछिनमा छटपटिन थाल्नुभयो, मुखबाट फिजसहितको लहरा जस्तो फाल्नुभयो ।”

बिरामीको अवस्था एक्कासी छटपटिएको देखेपछि साउँदले के भयो भन्दै प्रश्न गर्नुभयो । चिकित्सकले कसैकसैलाई इन्जेक्सनले यस्तै हुन्छ भन्दै मुखबाट कृतिम श्वास दिने प्रयास गरेपनि उहाँको मृत्यु भइसकेको प्रत्यक्षदर्शी साउँदले सुनाउनुभयो । मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाई मेडिकल गएको बताउनुभयो । शाहीले भन्नुभयो “सँगै चिया खाजा खाएर छोराछोरी स्कुल छोडेर टाउको दुखेको छ भन्दै मेडिकल जानुभएको हो । एकै छिनमा मृत्युको खबर सुन्न पर्यो । केहि नभएको मेरो ज्वाईको मृत्यु कसरी भयो रु सुइलगाउने मान्छे किन भाग्यो रु हामिलाई न्याय चाहिन्छ ।”

धिरजको निधन भएको केहि क्षणमै ल्याव असिस्टेन्ट चौधरी भागेका छन् । घटनाको जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडबाट आजैमात्र सरुवा भई आउनुभएका कार्यालय प्रमुख एवम् डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन् । घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक ईन्द्र दहितले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा मृतकका आफन्त तथा स्थानीयको भिडभाड लागेको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...