गुलरिया नेपालगन्ज सडकमा अत्याधुनिक सिसी क्यामेरा जडान

Published on

काठमाडौँ । बर्दियामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर गुलरिया नगरपालिकाले अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको छ । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका प्रवेश गर्ने मुख्यद्वारको रूपमा चिनिएको गुलरिया नेपालगन्ज मुख्य सडकअन्तर्गत भादापुलमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिएको हो । सडकमा आवतजावत गर्ने सवारी साधनको नम्बर प्लेट रिड गर्न सक्ने र त्यसको फोटो समेत खिच्न सक्ने किसिमको सिसी क्यामेरा जडान गरिएको हो । उक्त सडकबाट प्रति घण्टा एक सय ८० किलोमिटरको रफतार सम्म सवारी साधन आवतजावत गरेमा त्यसको फोटो र नम्बर समेत सिसी क्यामेराले रिड गर्ने गुलरिया नगरपालिकाले जनाएको छ । मङ्गलबार सिसी क्यामेराको उद्घाटन गर्दै उक्त सडक खण्डमा सवारी साधनको निगरानी गर्नका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेर बर्दियामानै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।

अपराधका विषय वस्तुहरू प्रविधि मैत्रि हुँदै गएपछि अपराध गर्ने शैलि पनि परिवर्तन हुँदै गएकाले अपराध नियन्त्रणमा पनि प्रविधिमैत्री हुँदै जानुपर्ने यस्ता प्रविधिले अपराध नियन्त्रणमा मद्दत पुग्ने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । सडकमा जडान गरिएको सिसी क्यामेराको निगरानी भने जिल्ला प्रहरी कार्यालय बर्दियाबाट हुने छ । विश्वरभरि वार्षिक सडक दुर्घटनामा १३ लाखले ज्यान गुमाउने गरेका छन् भने नेपालमा पनि छ जनाको दरले वार्षिक रूपमा २५ सय जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ भने बढ्दो प्रविधि प्रयोग गर्दै गएमा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख केदार खनालले बताउनुभयो ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...