रेशम चौधरी पक्राउका लागि पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत पक्राउ

Published on

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले विष्ट पक्राउ परेको जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि चौधरी पक्राउका लागि पत्र लेख्ने विष्टमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतबाट आदेश जारी भएको थियो। प्रवक्ता आचार्यले भन्नुभयो, “पत्र काट्ने मान्छेमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतबाट आदेश आएको हो।” बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोेषणा सभामा पुग्नुभएका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरी पक्राउ गरेको थियो।

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...