थारु हस्तकला सङ्कटमा

Published on

काठमाडौँ । थारु समुदायको हस्तकला अहिले सङ्कटमा परेको छ । कुनै बेला हस्तकलाको धनि समुदायको रुपमा चिनिएका थारु समुदाय अहिले भने हस्तकला सङ्कटमा परेको हो । युवा पुस्तामा परम्परागत हस्तकलामा चासो नदिनु र कच्चा पदार्थको अभावले पनि थारु समुदायको हस्तकला सङ्कटमा परेको थारु अगुवाहरु बताउँछन् । पहिला पहिला समय सापेक्ष अनुसार हस्तकलाहरु बनाउने गर्ने गरिन्थ्यो, तर अचेल भने त्यो छैन । ‘ढकिया, भौका, खटौली, खटिया, पटकी गोन्ड्री, ढच्या गोन्ड्री, खोङ्ग्या, डेल्या, हेल्का, हरझौंकी, सिकहर, ब्याना, बेर्रा, बेर्री लगायत थारु जातिको मुख्य हस्तकला हुन्, तर, अचेल यी सवै हराउन थालेका छन् । थारु अगुवा रामप्रसाद चौधरीले भन्नुभयो, “हाम्रो समुदायको आफ्नै मौलिक र पहिचान झल्किने हस्तकाल छन्, तर अहिले सङ्कटमा परेको छ ।”

युवा पुस्तामा चासो नहुने र कच्चमा पदार्थको अभाबले पनि थारु हस्तकला संकटमा परेको उहाँले बताउनुभयो । “थारु समुदायमा महिला र पुरुषले बनाउने फरक फरक हस्तकला छन्”, उहाँले भन्नुभयो, “महिलाले ढकिया भौँका, पटकी खोन्द्री, बेर्रा, ब्याना लगायत बनाउनुहुन्छ भने, पुरुषले ढच्या गोन्ड्री, खटौली, खटिया, खोङ्या, डेल्या, हेल्का, हरझौंकी, सिकहर, बेर्री बनाउने गर्दछन् ।” उहाँले यी हस्तकलालाई व्यवसायिक बनाउन सकेमा सयौं थारु युवा युवतिहरु रोजगारी पाउने बताउनुभयो । थारु हस्तकलाले थारु जातिको पहिचान झलकाउनेसँगै थारु समुदायका सयौं युवाहरु स्वरोजगार बन्न सक्छन्, उहाँले भन्नुभयो, यसको लागि राज्यले ठोस योजना ल्याउन जरुरी छ ।

थारु हस्तकलालाई व्यापकरुपमा प्रचार प्रसार र यसको बजारीकरण गर्न सक्ने हो भने वजारमा यसको मार्केट राम्रो लिन्छ, उहाँले भन्नुभयो, कुन हस्तकला केमा प्रयोग गरिन्छ, यसको महत्व र विशेषतालाई बुझाउन जरुरी छ । अहिले ढकियाको राम्रो बजार लिइरहेको उहाँले बताउनुभयो । जिल्लामा आउने आन्तरिक होस या बाह्य पर्यटक या विभिन्न कार्यक्रममा अहिले थारु समुदायका पहिचान भन्दै मायाको चिनोको रुपमा ढकिया दिने चलनमा आएको छ, जुन आफैमा राम्रो र सह्रायिन काम छ, उहाँले भन्नुभयो, ढकिया जस्तै अन्य हस्तकलालाई पनि प्रवद्र्धन गर्न जरुरी छ । उहाँका अनुसार अहिले एउटा ढकिया न्यूनतम तीन हजार पाँच सयदेखि दश हजारसम्म विक्री भइरहेको छ । ढकिया थारु समुदायको हस्तकला मध्य ब्राण्डको रुपमा पनि चिनिन्छ । ‘विभिन्न कार्यक्रम, पूजापाठको लागि ढकिया चोखो मानिन्छ, उहाँले भन्नुभयो, हेर्दा सुन्दर र आकर्षक अनि बहुउपयोगी हुने भएकोले पनि ढकिया सवैको रोजाइमा परेको हो ।’ ढकिया जस्तै अन्य थारु हस्तकला पनि अति महत्वपूर्ण र बहुउपयोगी भएको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...