रारामा पर्यटकलाई धर्मशाला निर्माण

Published on

काठमाडौँ । मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई रारामा पर्टकलाई आध्यात्मिक ज्ञान र बस्नका लागि धर्मशाला निर्माण भएको छ । राराको छाब्रु महादेव मन्दिर परिसरमा धर्मशाला तयार गरिएको हो । जिल्लाका आध्यात्मिक वात्तीको लगानीमा दुई लाख पचास हजार रुपियाँको लगानीमा धर्मशाला, निर्माण गरिएको आध्यात्मिक विर्षबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रारामा आउने धेरैजसो आन्तिक र विदेशी पर्यटकले धर्मशालामा बास बस्नलाई खोज्दै आउने भएकाले रारामा धर्मशाला नभएको हुँदा पर्यटकका सहजका लागि हामी स्थानिय व्यक्तीहरूको सहयोगी हातले धर्मशाला निर्माण गरिएको हो ।”

कर्णाली प्रदेशकै प्रमुख पर्यटकिय स्थल रारा ताल धार्मिक स्थल भएकोले रारा आउने पर्यटकले आध्यात्तमिक ज्ञान लिन र पर्यटकलाई बस्नकालागि सहज होस् भन्ने उदेश्यले राराको प्रसिद्ध शक्तिपीठ छाब्रु महादेव मन्दिर प्रसिरमा धर्मशाला निर्माण गरिएको रोकायाले भन्नुभयो । रारा छाब्रु महादेवको परिसरमा निर्माण भएको धर्मशाला आइतबारदेखि सञ्चालनमा आएको छ । रारा आउने पर्यटकले बसोवासका लागि होटल र गाउँ खोज्नु पर्ने बाध्यता हटेको आध्यात्मिक ज्ञानप्रशासद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले विगतका वर्षहरूदेखि रारामा पर्यटकको सहजका लागि धर्मशाला निर्माणका लागि कर्णाली प्रदेशको सरकार र जिल्लाका स्थानीय निकायहरूसँग बेलाबखत समन्वय गरेपनि सरकारले हामी आध्यात्मिक वात्तीको कुरा सुनुवाइ नभएपछि हामी आठजनाले चन्दा उठाएर धर्मशाला निर्माण गरेका हौं ।”

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...