पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षामा सरकार सचेत छ : परराष्ट्र मन्त्रालय

Published on

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सन्दर्भमा सरकार सचेत रहेको र त्यहाँ रहेका विद्यार्थी एवम् नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको बताएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवम् अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवम् नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’ पाकिस्तानमा तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँका अभिभावक, आफन्त एवम् त्यहाँ रहेका नेपालीले इस्लामवादस्थित नेपाली राजदूतावासको निम्न सम्पर्क नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न मन्त्रालयले जानकारी गराएको छ ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...