पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षामा सरकार सचेत छ : परराष्ट्र मन्त्रालय

Published on

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सन्दर्भमा सरकार सचेत रहेको र त्यहाँ रहेका विद्यार्थी एवम् नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको बताएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवम् अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवम् नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’ पाकिस्तानमा तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँका अभिभावक, आफन्त एवम् त्यहाँ रहेका नेपालीले इस्लामवादस्थित नेपाली राजदूतावासको निम्न सम्पर्क नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न मन्त्रालयले जानकारी गराएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...