नबोल्नुलाई ‘डराएको’ नठान्नुस् भन्दै लिङ्देनलाई रविन्द्र मिश्रको चेतावनी

Published on

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीभित्रको पछिल्लो विवादमा आफू मौन रहेको विषयलाई डराएको भनी व्याख्या नगर्न सबैलाई चेतावनी दिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित शैलीमा मिश्रले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै, आफ्नो प्रतिक्रिया नआएको कारण आफू डरायो भन्ने सोच बनाइए त्यसको मूल्य “महँगो पर्न सक्छ” भनेका छन्।

राप्रपासँग पार्टी एकता भएको तीन वर्ष पुग्न लाग्दा समेत मिश्र पक्षका करिब ४० जना नेताहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक गरिने प्रक्रिया अझै थालिएको छैन। मिश्र पक्षले अध्यक्ष लिङ्देनमाथि राजनीतिक नियतसहित ढिलाइ गरिएको आरोप लगाउँदै आएको छ।

यही सन्दर्भमा मिश्रले एक वर्षअघि दिएको टेलिभिजन अन्तर्वार्ताको क्लिप सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “नबोल्नुलाई ‘डराएको’ भनेर कसैले सोचेको छ भने त्यसको मूल्य महँगो पर्न सक्छ।” उनले आफू आवश्यक परेको बेला मात्र बोल्ने स्वभावको रहेको र सबै विषयमा एकैपटक बोल्नुपर्ने जरुरी नहुने समेत प्रस्ट पारेका छन्।

पार्टी एकतापछि पनि मिश्र समूह संस्थागत रूपमा स्थापित हुन नसकेको र अध्यक्ष लिङ्देन पक्षले संगठन विस्तारमा पूर्वसम्झौता अनुसारको व्यवहार नगरेको भन्दै लामो समयदेखि असन्तुष्टि सार्वजनिक हुँदै आएको छ। अहिले मिश्रको यो भनाइले पार्टीभित्रको आन्तरिक तनाव पुनः चुलिएको आकलन गरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...