समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न बागमती प्रदेशको ताकेता

Published on

काठमाडौं- बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँचवटा सहकारी संस्थाका ऋणीहरूलाई आगामी भदौ मसान्त (भदौ ३१) भित्र ऋण तिर्न ताकेता गरेको छ। सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, काठमाडौंले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ऋणीहरूलाई अन्तिम म्याद तोकेको हो।

समितिद्वारा ताकेता गरिएको सहकारी संस्थाहरूमा सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था रहेका छन्। ती संस्थाहरू क्रमशः २०८० भदौ २१, २०८१ कात्तिक ११ र २०८१ पुस २८ मा समस्याग्रस्त घोषणा गरिएको थियो।

सूचनामा ती संस्थाहरू समस्याग्रस्त घोषित हुनु एक दिन अघिसम्म लिइएको ऋण भदौ मसान्तभित्र तिर्न भनिएको छ। समितिले यसअघि पनि पटक–पटक ऋण भुक्तानीका लागि अनुरोध गर्दा पनि धेरैजसो ऋणी सम्पर्कमा नआएको भन्दै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेको हो।

समितिले तोकिएको समयभित्र ऋण नतिरेमा सावाँ, ब्याज र हर्जानासहित असुल गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। ऋणीहरूलाई निर्धारित म्यादभित्र सम्पर्क गर्न र ऋण चुक्ता गर्न समितिको आग्रह छ।

spot_img

ताजा समाचार

देउवा समूहको कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको...

कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ : शशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेस इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डा. शशांक कोइरालाले...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको...

आज पनि विभिन्न राजमार्ग सञ्चालनमा ल्याउन सकिने अवस्था छैनः प्रहरी

काठमाडौँ - लगातारको वर्षाका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित बनेको छ । वर्षाका...