एमसीसी अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने अमेरिकाको निर्णय

Published on

काठमाडौँ – अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।

अमेरिकी सरकारको पछिल्लो निर्णयअनुसार मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) अब निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ। अमेरिकी दूतावासले अघिल्लो हप्ता नेपाल सरकारलाई औपचारिक रूपमा पत्र पठाई उक्त जानकारी गराएको हो।

५० करोड अमेरिकी डलर (झन्डै ६८ अर्ब ५० करोड रुपैयाँ) को एमसीसी सम्झौतासँगै नेपाल सरकारले थप १९ करोड ७० लाख अमेरिकी डलर (लगभग २७ अर्ब रुपैयाँ) बराबरको योगदान गरेको छ। यस कार्यक्रमअन्तर्गत विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जाल सुधार गरी समृद्धि हासिल गर्ने र क्षेत्रीय ऊर्जा व्यापार प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

अमेरिकी वैदेशिक सहायता कार्यक्रमहरूमाथि लगाइएको स्थगनका बीचमा एमसीए नेपाललाई विशेष छुट दिइएको थियो। गएको असार १९ गते एमसीए नेपालले अमेरिकी निर्णयको स्वागत गर्दै कार्यान्वयनलाई निरन्तरता दिन अनुमति पाएको जनाएको थियो।

२०७४ सालको भदौमा नेपाल सरकार र एमसीसीबीच सम्झौता भएपछि २०८० भदौदेखि कार्यक्रमको कार्यान्वयन सुरु भएको हो। हाल एमसीए नेपाल अन्तर्गत बुटवल–गोरखपुर ४ सय केभी क्षमताको १८ किलोमिटर लम्बाइको प्रसारण लाइनसहित नयाँ बुटवल, दमौली र रातामाटेमा ४ सय केभीका सबस्टेसन निर्माण भइरहेको छ।

यो निर्णयसँगै नेपालमा एमसीसी परियोजना अब अवरोधविना अघि बढ्न सक्ने वातावरण बनेको एमसीए नेपालले जनाएको छ।

spot_img

ताजा समाचार

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, १० बुँदे दृष्टिपत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं - भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच...

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।...

गल्कोट घुम्टे सहकारीको नयाँ सञ्चालक समिति निर्विरोध चयन, वित्तीय अवस्था सार्वजनिक

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...